भारतीय लागु औषधका तस्कर प्रहरी फन्दामा


कञ्चनपुर: कोरोना महामारीका बेलामा समेत नेपालमा लागु औषध बेच्नका लागि कञ्चनपुर आएका एक भारतीय लागु औषधका तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार लागु औषध बोकेर दोधाराचाँदनी नगरपालिका ८सुन्दरनगर आएका उद्यमसिहनगर खटिमाका भारतीय नागरिक आसिप खानलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले २१ बर्षिया खानको साथबाट २८ग्राम अफिम बरामद गरिएको बताए । उनीमाथि थप अनुसन्धान भईरहेको छ । कञ्चनपुर प्रहरीले लकडाउनका बेला धमाधम लागु औषधका तस्कर समुहलाई नियन्त्रण लिदै कार्बाही गर्न थालेपछि स्थानीय प्रहरीको कामप्रति खुसी भएका छन ।


ताजा समाचार

spot_img