निड्स नेपालद्धारा होल्डिङ्ग सेन्टरमा आप्रवासीका लागि खाद्यान्न सहयोग

कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को दोस्रो लहरले मानव जनजीवन प्रभावित बनाएको यो विषम परिस्थितिको बेला कञ्चनपुर जिल्लाको पश्चिमी सिमानाका हेल्डिङ्ग सेन्टरमा आप्रवासिका लागी फलफुल वितरण गरेको छ।

आइतबार एक कार्यक्रमका साथ कारितास अस्ट्रेलियाको र कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालको सहकार्यमामा गड्डाचौकी होल्डिङ्ग सेन्टरमा सिमानाका भएर नेपाल आवागमन हुने आप्रवासीका लागि खाद्यान्न सहयोग गरिएको छ। निड्स नेपाल अध्यक्ष अञ्जु भट्ट ,उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी , कार्यक्रम संयोजक बिनोद कडारा ,लगायत स्वयंसेवकहरुको उपस्थितिमा फलफूल ,पानी वितरण गरिएको हो।

होल्डिङ्ग सेन्टरमा स्थलगत अनुगमन गरि सिमानाकामा भएर नेपाल आउने नागरिक महिला ,बालबालिका गर्भवती महिला लगायतलाई होल्डिङ्ग सेन्टरमा बसुन्जेलका लागि तत्काल आवश्यकताको पहिचान गरि खाद्यान्न वितरण गर्ने र अहिले लाई यो एक हप्ता सम्मका लागि संचालन गरिने निड्स नेपालका अध्यक्ष अञ्जु भट्टले बताउनु भो। उक्त संस्थाका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी भन्छन् ‘ मानवीय सहायताका क्षेत्रमा काम गर्ने संस्था भएकाले महामारी संगै निषेधाज्ञाले बजार समेत बन्द भएको र सिमानाका होल्डिङ्ग सेन्टर क्षेत्रमा खाद्यान्न पाउन समेत गाह्रो अवस्था भएको र यसलाई केही सहज होस् भन्नका लागि मानवीय सेवा गरिएको हो। आपत्कालिन यो विषम परिस्थितिको समयमा यसरी आफुहरुले खानेकुरा संगै पानी पाउदा सिमानाका बनाईएका हिल्डिङ्ग सेन्टरमा आउने नागरिक लाई सहजता भएको छ। यो संगै निड्स नेपाल सामाजिक कार्य निरन्तर अग्रसर रहने संस्था हो।

 

ताजा समाचार