सामाजिक विकास मन्त्री खडकाद्वारा बेलौरी कोभिड अस्पताल अनुगमन


कञ्चनपुर ,

सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री लाल बहादुर खडकाले बेलौरीको कोरोना अस्पतालको अनुगमन गरेका छन् । शनिबार मन्त्री खडकाले बेलौरी नगरपालिका–०९ कुण्डा स्थित कोभिड अस्पताल अनुगमन गरेका हुन । बेलौरी नगरपालिका कोरोना फोकलप्रशन मान बहादुर चन्दले मन्त्री खडका सहित प्रदेशसभा सदस्य कुलबिर चौधरी सहितको टोलीले अनुगमन गरेको बताए ।

 

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री साँसदको टोलीलाई कोभिड अस्पतालले दिईरहेको सेवा सुविधाबारे जानकारी गराए । उनले सुदूरपश्चिमका सबै स्थानीय तहका अस्पतालमध्ये कुण्डामा राम्रो व्यवस्थापन गरिएको भन्दै प्रशंसा गरेका छन् । प्रदेश सांसद कुलवीर चौधरी र सामाजिक विकास मन्त्रालयका सचिव राघुराम विष्ट सहित कुण्डा पुगेका उनले अस्पताल व्यवस्थित बनाउन सहयोग गर्ने बताए । ‘अहिले हामीले सबै कोभिड अस्पतालको अनुगमन गरीयो तर यस्तो सबै हिसाबले उचित व्यवस्थापनका साथ सञ्चालन भएको छ’ उनले भने,‘कोभिड महामारी नियन्त्रणका लागि अझै सक्रिय रुपमा लाग्नु पर्ने छ ।’


ताजा समाचार

spot_img