कञ्चनपुर ,
कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवाका शुनिल प्रशाद जोशी ब्रम्हदेब बजारका व्यवसायी हुन । जोशीको ब्रम्हेदबमा बेताल फेन्सी पसल छ । उनी लामो समयदेखि सीमाबर्ती गाँउ ब्रम्हदेबमा व्यवसाय गर्दै आएका थिए । तर, अघिल्लो बर्ष कोरोना महामारीले ब्रम्हदेब बजार बन्दभएसंगै उनले वैकल्पिक पेशा रोजेका छन ।

नेपाल भारतमा लाग्ने पूर्णागिरी मेलामा आउने दर्शनार्थीमा निर्भर ब्रम्हेदब बजारमा अघिल्लो बर्ष ०७६ फागुनदेखि नै बन्दभएसगै उनी लगायत ब्रम्हदेबका व्यवसायीको ब्यापार चौपट भएको हो । उनले फेन्सी व्यवसायमा समस्या आएसंगै घरमै वैकल्पिक पेशा रोजेका छन । ‘कोरोना भएको पसल बन्दभयो, खर्च उठाउन समेत समस्या भयो, ‘उनले भने, ‘खाली बस्नुभन्दा वैकल्पिक पेशापनि रोजेको छु ।’ जोशीले ईन्टरलग ईटा उत्पादन गरिरहेका छन ।

अहिले सिमेन्टेड ईन्टरलग ईटा उत्पादन गर्दैछु, ‘उनले भने, ‘यूटुप हेरेर मेसिन ल्याएर आफु घरमा अन्य तीन जना मिलेर काम गरिरहेका छौँ ।’ विगत ६ महिनादेखि ईटा व्यवसायमा जुटेको उनले बताए । ‘यो एक ईटा बराबर अर्को सवारी तिन ईटा क्षेत्रफल लिन्छ, ‘६ ईटामा लाग्ने खर्च एकै ईटामा लाग्छ ।’ बलियो टिकाउ एव भरपर्दो उपभोक्ताको खर्च पनि कम लाग्ने बताए । ईटाको अन्तरक्षेत्रबाट लग हुने भएकाले लिक्यूटमसला मात्रै प्रयोग हुने बताए । दैनिक २सयसम्म ईटा उत्पादन गरिहेको बताउदै उनले बजारको माग बढेसगै मेसिन समेत थप्ने योजना रहेको उनले बताए । ‘श्रम गरे आफ्नै देशमा पनि केही गर्न सकिन्छ, ‘उनले भने, ‘युवाले गरे चाहे जे पनि सम्भव छ ।’ जोशी भीमदत्त नगरपालिका १० का वडाध्यक्ष प्रमानन्द जोशीका छोरा हुन ।

जनप्रतिनिधीको छोरा भन्दैमा उनले ईमान्दारितापुर्वक श्रम सृजना गरेका छन । केहीले बाबु लगायत आफन्त मात्रै पनि जनप्रतिनिधी भए यस्तै ठेक्कापट्टा कमिसनमा लिप्त भएरै पनि गुजारा गरेपनि शुनिलले भने महामारीका कारण एक व्यवसायी चौपट भएपनि आफ्नै श्रम, सीप, कर्ममा विश्वास गरेर घरमै सानोतिने व्यवसाय गरेर उदाहरणीय बनेका छन । उनका छिमेकी, गाँउलेहरुले समेत शुनिलको कर्म प्रसंसनिय भएको बताएका छन ।
