तेस्रो लहरको कोरोना संक्रमण रोक्न गौरीफण्टा नाका व्यवस्थापनमा पुग्यो प्रदेश सरकार

पुनर्वास – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको तेस्रो लहर देखा परेपछी नेपाल-भारत सिमा नाका व्यवस्थापनमा अग्रसर हुँदै प्रदेश सरकारका मन्त्रीहरु गौरीफण्टा पुगेका छन् । शुक्रबार कंचनपुरको गौरीफण्टा नाकाको स्थलगत अनुगमनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी ,धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड, पुर्नवास नगरपालिकाका मेयर जीवन थापा ,पुनर्वास-१ का वडाध्यक्ष प्रताप चन्द , पुनर्वास -११ का वडाध्यक्ष बिनोद अर्याल लगायतकाले नाकाको अनुगमन गरेका हुन् ।

Open photo

अनुगमनमा सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्व तयारीमा जुटिसकेको बताएकी छन् । शुक्रबार कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दैै प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री जोशीले स्थानीय तह र प्रदेश सरकार मिलेर कोरोना महामारी नियन्त्रणका योजना बनाउन थालेको बताईन् । स्थानीय तह र प्रदेश सरकार मिलेर यात्रु, सुरक्षाकर्मीका निमित्त पनि आवश्यक संरचना बनाएर गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने उनको भनाई छ । अनुगनकै क्रममा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले पनि कोरोना भाइरसको तेस्रो लहर फैलिने कुराहरु आइरहेकाले रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको बताए । तेस्रो लहरको संक्रमण फैलिन नदिन भारतसँग जोडिएका गौरीफन्टा, गड्डाचौकी, दार्चुला र बैतडी जिल्लाका सबै नाकालाई व्यवस्थीत गर्ने बताए ।नाकाबाट आउने सबै मानिसको चेकजाँच गरेर सुरक्षित साथ घरसम्म पुगाउने काम गर्ने दाबी गरे।

मन्त्रीहरुको अनुगमन टोलीसंगै नाकामा पुगेका पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले प्रदेश सरकारको नाका व्यवस्थापन योजनामा आफ्नो नगरपालिकाको पनि समन्वयकारी भुमिका रहने बताए । उनले प्रदेश सरकारको योजनाले भारतबाट आउने जाने यात्रुहरुका लागि निकै सुरक्षीत र सहजसंगै सिमा नाका पनि व्यवस्थित हुने बताए । अनुगमनमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतका सुरक्षा निकायका प्रमुखको पनि अनुगमनमा सहभागि रहेको थियो ।

ताजा समाचार