सन्तनिरंकारी मण्डलले दिए कोभिड अस्पतालका बिरामीलाई खानेपानी


दोधारा : सन्तनिरंकारी मण्डल नेपालले कोभिड अस्पताल दोधारा चाँदनीलाई बिरामीहरुलाई पिउनको लागी पानी उपलब्ध गराएको छ् । सन्तनिरंकारी मण्डल नेपाल सेवा दल बिभाग युनिट नं. ८ सय ३७ ले कोभिड अस्पताल दोधारा चाँदनीलाई १५ कार्टुन मिनरल वाटर हस्तान्तरण गरेको कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर शुभाष बरालले जानकारी दिएका छन् । अस्पतालमा खानेपानीको समस्या भएको कारण अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरुलाई पिउने पानीको उपलब्ध गराएको सन्तनिरंकारी मण्डल नेपालका प्रतिनिधी तथा बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माले जानकारी दिएका छन् ।

सन्तनिरंकारी मण्डल नेपालका नर बहादुर सुनार, धन बहादुर सार्की, मनिषा चदारो, प्रेम सार्की, पार्वती सुनार, दुर्ग बहादुर घर्ती, नर बहादुर सुनार, बिशन बिश्वकर्माले अस्पतालमा खानेपानीको समस्या भएको कारण बिरामी र स्वास्थ्यकर्मीहरुलाई खानेपानी उपलब्ध गराएको बताएका छन् । कोभिड अस्पतालका डाक्टर शुभाष बरालले अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीहरुलाई पिउने पानी उपलब्ध गराएको भन्दै सन्तनिरंकारी मण्डल नेपाल सेवा दल बिभाग युनिट नं. ८ सय ३७ लाई धन्यबाद दिएका छन् । सन्तनिरंकारी मण्डल नेपालका प्रतिनिधी बिशन बिश्वकर्माका अनुसार धार्मिक संस्था सन्तनिरंकारी मण्डल नेपालले बिपदको बेला मानव सेवामा सदा तत्पर रहदै आएको बताउदै आगामी दिनहरुमा समेत सन्तनिरंकारी मण्डल नेपालले कोभिडका बिरामीहरुलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सन्तनिरंकारी मण्डल नेपालका प्रतिनिधी तथा बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माले केही दिन देखि कोभिड अस्पतालमा उपचारमा रहेका बिरामीहरुलाई दैनिक कुखुराको अण्डा र एक गिलास दुध दिदै आएका छन् । सन्तनिरंकारी मण्डल नेपाल मानव सेवामा समर्पित भईरहदा स्थानियहरुले खुशी ब्यक्त गरेका छन् ।


ताजा समाचार

spot_img