दोधारा : जोगबुडा नदी नजिक र टिनले बनाइएका छाप्रो जस्तो अस्थायी प्रहरी पोस्ट । आकाशको चुहिने पोस्टमा रात बिताउछन् । शसस्त्र प्रहरी जवान । आकाशबाट पानी आउन थालेपछि पानी पोष्टमा चुहिएर रातभरी जाग्रम बस्छन् शसस्त्र प्रहरीहरु जवानहरु । हावाहुरीको बेलामा भने हावाहुरीले पोष्टका टिन उडाउछ कि भन्ने डरले टिनको पाता जवानहरुले समातेर रातभरी बस्नु पर्दै आएको उनिहरुको पिडा छ् । हावा हुरी तथा पानी आएको दिन राम्रो संग र खाना र सुत्न समेत नपाएको उनिहरुको पिडा छ् । पानी परेको बेला मात्रै हैन गर्मीको समयमा पनि छानोको टिनले खलखली पसिनामा रात काट्नु पर्ने सशस्त्रका जवानहरुको भनाई रहेको छ् । कुतियाकवरमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट जगबुडा नदीको नजिकै रहेको हुदा सर्पको डर पनि त्यत्तीकै छ् । नदी नजिक वरीपरि झा“डी रहेको हुदा सर्प संगै मच्छरको टोकाई पनि उनिहरुको लागी थप पिडा छ् ।

नेपाल सरकारले सशस्त्र प्रहरीलाई सिमानामा बस्न त निर्देशन दियो तर भौतिक पुर्वाधार नभएको कारण सशस्त्र प्रहरी जवानहरुले खाना र बस्नको पिडा खेप्नु परेको छ् । दोधारा चा“दनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा नेपाल सरकारले सिमा क्षेत्रमा अबैध गतिबिधी हुन नदिन तथा सिमा सुरक्षार्थको लागी सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्ने कार्य अघि बढाएको छ् । दोधारा चा“दनी नगरपालिकामा सशस्त्र प्रहरीको बलबैन्द, बडवाल टोल, देबिस्थान, कञ्चनभोज, कुतियाकवर दोधारा चाँदनीको नेपाल–भारत सिमा बस्ती नजिक सशस्त्र प्रहरीले आफ्नो स्थायी र अस्थायी पोष्ट खडा गरेको हो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ देबिस्थान र वडा नं. १ बैलबन्द बाहेक सबै पोष्टहरुमा अवस्था दैनिय र जरजर छ् । वर्षामा पोष्ट चुहिएर बस्न नसकिने अवस्था भएको नाउ उल्लेख नगर्ने सर्तमा एक सशस्त्र प्रहरी जवानले बताए । सिमा क्षेत्रमा अनैतिक कार्य नहुन तथा भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको निर्देशन बमोजिम उनीहरु सीमा तैनाथ छन् ।

तर, सीमा खटिएका सशस्त्र प्रहरीको बस्न र खानाको लागी अहिले मौसमले सताइरहेको छ् । सिमा क्षेत्रमा उनिहरुको लागी गतिलो क्याम्पको अभावको कारण बस्न तथा खानको लागी समस्या झेल्दै आउनु परेको सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी जवानहरुले बताएका छन् । दैनिक जसो हावाहुरी, पानी पर्न थालेपछि अस्थायी प्रहरी पोस्टका प्रहरी जवानहरुले दुखका दिनहरु बिताउन थालेको बताईएको छ् । भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्य संग जोडिएको खुला सीमा दोधारा चाँदनीमा ३५ किलोमिटर पछर््् । केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिका कार्यालयले उनिहरुको कर्कटपाता र आवश्यक सामग्री उपलब्ध गराएपनि स्थायी बिओपी निमार्ण नहुदा सशस्त्र प्रहरी जवानहरुले निकै सास्ती ब्यहोर्नु परेको बताईएको छ् ।







