कञ्चनपुर ,
महाकाली नदीको कञ्चनपुर जिल्लाको महाकाली नदिको तटीय क्षेत्रमा आज शुक्रबार बेलुका पानीको बहाब उच्च रहनने पुर्व अनुमान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार ‘अत्यन्त जरुरी सूचना ’ भन्दै जारी गरेको सूचना अनुसार बाढीको जोखिम बढ्ने बताइएको छ। नदी तटीय क्षेत्रमा सतर्क रहन समेत प्रशासनले अनुरोध गरेको छ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको असार २ गते विहानको अपडेट अनुसार महाकाली नदी दार्चुलास्थित दत्तुको बाढी मापन केन्द्रमा जलसतह ५.८० मिटर र परिगाउँ डडेल्धुरामा जलसतह ३.५० मिटर पुगेको र बढ्दो क्रममा रहेको एवं माथिल्लो क्षेत्रमा हल्का बर्षा जारी रहेकोले महाकाली नदीको कञ्चनपुर तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ। बाढीको जोखिम रहेकोले सो क्षेत्रमा नजान, जोखिम आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन एवं उच्च सतर्कता अप्नाउन समेत कञ्चनपुर प्रशासनले सम्बन्धित सवैलाई जानकारी गराएको हो। कुनै विपद वा घटना भएमा तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।







