राज्य मन्त्री सुनारको दोधारा चाँदनीमा भेटघाट : विकास निर्माणको अनुगमन


दोधारा : सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनारले आफ्नो गृह नगर दोधारा चाँदनीमा भेटघाट गरेका छन् । उनले दोधारा चाँदनीको बिभिन्न वडा तथा टोलमा पुगेर विकास निर्माण र स्थानीय समस्याको बारेमा जानकारी लिएका छन् । राज्यमन्त्री सुनारले सडक, पुल, कल्भर्ट, घर निर्माण, पुल लगाएत तटबन्ध कार्यका निरीक्षण समेत गरेका छन् । कतिपय स्थानमा निरिक्षण क्रममा देखिएको अधुरो विकास निर्माण कार्य सम्झौता अनुसार गराउन सम्बन्धित कार्यालय तथा ठेकदारलाई निर्देशन समेत दिएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, ३, ८ लगाएत वडाहरुमा भईरहेको बिकास निमार्ण संगै स्थानियहरुको समस्या संकलन गरेको नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा निमार्ण हुदै गरेको चक्रपथ, सुन्दरनगरमा जगबुडा नदी तटबन्ध निमार्ण, अठार नम्वर पिल्लर बस्तीमा निमार्ण भईरहेको झोलुङ्गे पुल लगाएत पुल पुलैयाको निरिक्षण समेत गरेको नगर सचिव भिम कुमालले बताएका छन् । आज बिहान देखि मन्त्री मान बहादुर सुनारले स्थानियहरु संग भेट गरि बिकास निमार्णका सुझाव संकलन संगै बिकास निमार्ण कार्यको अनुगमन गरेको बताईएको छ् । स्थानीय सरकार, वडाको बजेटबाट तटबन्ध बनाउन सम्भव नभएको निमार्ण कार्यमा संघ र प्रदेश सरकार छलफल गरेर बिकासको काम अघि बढाउने मन्त्री मान बहादुर सुनारले प्रतिबद्धता समेत जाहेर भएको स्थानियहरुले बताएका छन् ।

राज्यमन्त्री सुनारले निर्वाचन क्षेत्रका सबै वस्तीमा पुग्ने कार्यक्रम बनाएर भेटघाट गर्न लागेको बताए । ‘विकास निर्माण के कस्तो भइरहेको छ, काम कसरी भई रहेका छन्, स्थानीय समस्या के–कस्ता छन् ? त्यसबारे जानकारी लिन भेटघाटमा छु’ मन्त्री मान बहादुर सुनारले भने । ‘मन्त्रालयबाट हुने बाहेक अन्य कार्यक्रम र बजेटका लागि पहल गर्छु ।’ सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनारको भेटघाट तथा अनुगमनमा नेकपा (माओबादी केन्द्र) दोधारा चाँदनीका नगर सचिव भिम कुमाल, नेकपा (माओबादी केन्द्र), ईन्चार्ज भरत भट्ट, नेकपा (एमाले) का नेता राजिव खड्का लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

 


ताजा समाचार

spot_img