कैलाली ,
सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खडकाले कैलालीको टीकापुर अस्पतालको अनुगमन गरेका छन । मन्त्री खडका सहित राज्यमन्त्री मना कुमार साउद, सचिव रघु विष्ट सहित मन्त्रालयको टोलीले बुधबार टीकापुर अस्पताको अनुगमन गरेका हुन ।
टीकापुर अस्पताल स्तरोन्तीका लागि मन्त्री र अस्पताल व्यवस्थापन समिति, प्रशासन, चिकित्सक एव कर्मचारीविच छलफल भएको हो । अस्पतालको बर्तमान अवस्था, समस्या, निराकरण गर्न सकिने उपाय बारे छलफल गरिएको समाजिक विकास मन्त्रीका स्वकीय सचिव भुवन बडूवालले बताए ।

स्वकीय सचिव बडूवालका अनुसार मन्त्री खडकाले टिकापुर अस्पतालमा ५० बेड थप गर्ने, कम्तिमा १५ बेड भेन्टिलेटरको व्यवस्था गर्ने, प्रयोगशालालाई थप व्यवस्थित गर्ने गर्दै जनशक्ति व्यवस्थापन, स्वास्थ्यकर्मीको बिना करारमा कार्यरत स्वासथ्यकर्मी कर्मचारीको सेवा सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन ।








