निडस नेपालले कोभिड अस्पताल दोधारा चाँदनीलाई दियो एक लाख बराबरको स्वास्थ्य सामग्री


दोधारा : युनिसेफको सहयोगमा निड्स नेपाल कञ्चनपुरले कोभिड अस्पताल दोधारा चाँदनीलाई झण्डै रु. १ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ् । हिजो निडस नेपाल/युनिसेफका सहयोगमा कोभिड अस्पताल दोधारा चाँदनीलाई झण्डै रु. एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।

सौचालय ब्रस, साबुन, बिद्युतिय थर्मस, हार्पिक गरि रु. एक लाख बराबरकोको स्वास्थ्य सामग्री कोभिड अस्पताल दोधारा चाँदनीलाई हस्तान्तरण गरेको दोधारा चाँदनीका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्टले कोभिड अस्पताल दोधारा चाँदनीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । बिगत लामो समय देखि महामारीको बेलामा समेत निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनीमा सहयोग पुर्याउदै आएको बताउदै दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले निड्स नेपाल लगाएत दातृ संस्था युनिसेफलाई समेत धन्यबाद दिएका छन् ।


ताजा समाचार

spot_img