कञ्चनपुर : महामारीका बेला गैर कानुनी धन्दामा लिप्त बलात्कारी समुह गिरोहका नाईके र जुवातास खेल्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । एकसाथ सोमबार महेन्द्रनगर बजारमा जुवातास खेल्ने समुह र बेदकोट नगरपालिका ५मा अपाङता भएकी बालिकामाथि बलात्कार गर्ने समुहका एक युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जबरजस्तीकरणीको घटनामा सलग्न बेदकोट नपा ५का सिप्पु खुनालाई पक्राउ गरिएको बताए । खुना बछेला सामुदायिक वनको जंगलमा लुकिछिपी बसेका थिए । यस्तै प्रहरीले ४ नम्बर गल्लीका बिनोद गुप्ताको घरमा जुवातास खेलिरहेका उनी सहित रामकृष्ण गुप्ता, सचिव गुप्ता,शुनिल गुप्ता, मुरारीलाल गुप्तालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ४६ हजार २सय ७ नगद रुपैयाका साथै एक गड्डी तास बरामद गरिएको छ ।







