कञ्चनपुर : मिडिया एक्सन नेपालको सुदुरपश्चिम(सुप) क्षेत्रीय कार्यालयले आयोजना गरेको “समृद्धि र बिकासका लागि मिडिया” वेबनारमा कोभिड -१९ प्रभावित पत्रकारलाई राहात प्याकेज उपलब्ध गराउन सुदुरपश्चिम प्रदेश सरकारलाइ मिडिया बिज्ञ, पत्रकार र सरोकारवालाहरुले माग गरेको छ। सुदुरपश्चिम प्रदेशआन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, मिडिया एक्सन नेपाल अध्यक्ष लक्ष्मण पन्त, सुदुरपश्चिम प्रदेश पत्रकार महासघ अध्यक्ष योगेश रावल, मिडिया शिक्षाविद यम बहादुर दुरा र केर्नी न्युज डट कम की सम्पादक उन्नती चौधरीले सुदुरपश्चिममा पत्रकारिताको अबस्था र कोभिड पछिको अबस्था बारेमा आफ्ना बिचार राखेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष रावलले सुपमा ७४ जना पत्रकारमा कोरोना देखिएको र एक जनाको मृत्यु भएको जानकारी दिएका छन। कोरोना अगाडि पनि मिडियाको आर्थिक दुरावस्था रहेको अहिले झनै कतिपय मिडियाहरु बन्द हुनुपर्ने अबस्था आएकोले सुप प्रदेश सरकारलाइ श्रमजीवी पत्रकारहरुको लागि राहात प्याकेजको ब्यबस्था गर्न माग गर्नु भएको छ। तेसैगरी चौधरीले मिडियामा समाबेशिता र महिला सहभागीको अबस्था बारे दुखेसो पोखेकी थिइन। अहिले सम्म महिलालाइ सन्चार गृहमा जिम्मेवारी भुमिका दिन नसकेको र महिलाहरु बिहे पछि पेशाबाट पलाएन हुने गरेको जनाइन कार्यक्रममा बोल्दै मन्त्री जोशीले कोभिडको बेला पत्रकारले सुचना प्रवाह गर्ने गरेको कार्यको प्रशंसा गर्नु भएको थियो। तर कहिले काहीँ पत्रकारहरु सामाजिक न्यायका बिषयमा बिभाजित भै दिदा वास्तविक सुचनालाइ तोडमोड हुने वास्तविक कुरा लुक्ने गरेकोमा असन्तुष्टि जनाउनु भयो।

त्यसैगरी उहाँले सकारात्मक सन्देश जाने समाचारहरुलाइ नि प्राथमिकता दिन आग्रह गर्नु भयो। मन्त्री जोशीले आगामी बजेटमा मिडिया क्षेत्रलाई नि समेटने र आम सन्चार नीति बनाउदा पत्रकार र समाचार सस्थासङ्ग सहकार्य गर्ने जनाउनु भएको छ। मिडिया एक्सनका पन्तले मिडियाले भौतिक पुर्वाधार निर्माण मात्र बिकास नभई समाजिक न्याय, समावेशीता र समानता जस्ता बिषयलाइ मिडियाले नि मध्यनजर गर्नु पर्ने जोड दिनु भयो। तेसैगरी उनले प्रदेश सरकारले मिडिया कानुन बनाउदा अन्तरास्ट्रिय मिडिया कानुन र नेपालको मुल कानुनले गरेको ब्यवस्थालाई ध्यान दिएर बनाउनु पर्ने बताउनु भयो। मिडिया एक्सन नेपालले नेपाली मिडियाका बिबिध पक्षका साथै कोभिड-१९ ले मिडियामा पारेको प्रभावलाई मध्यनजर गरि सातै प्रदेशमा वेबनार गर्दैछ। भएका पनि उनले जानकारी छन। पत्रकारहरुकोलागी कोभिड-१८ राहात प्याकेज ल्याउने बताउनु भएको छ।







