दोधारा : दोधारा चाँदनी नगरपालिकामा युवाहरुले थालेको ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा कोभिड अस्पतालमा उपचारमा रहेकाहरुलाई दैनिक कुखुराको अण्डा र दुध दिईने भएको छ् । ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ निवासी बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माको सहयोगमा दैनिक १५ दिनका लागी १ वटा अण्डा, एक पाँउ दुध खुवाउने कार्यक्रम राखिएको ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् । यस अघि ‘हाम्रो जिवन रक्षा’ अभियान अन्तर्गत १७ दिन सम्म कोभिड अस्पतालमा उपचारमा रहेका बिरामीहरुलाई १ वटा अण्डा, एक पा“उ दुध दिईदै आएका थिए ।


‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले कोभिडका बिरामीहरुलाई पोष्टिक तत्वको अति आवश्यक रहेको बताउदै स्वास्थ्यकर्मीको सल्लाह अनुसार बिरामीहरुलाई १ वटा अण्डा, एक पाँउ दुध खुवाउने कार्यक्रम राखिएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोरोना संक्रमणले आक्रान्त भएको बेला ‘हाम्रो जिवन रक्षा’ अभियानका अभियन्ताहरुले कोरोना संक्रमितहरुलाई पोषिलो खानेकुराकोरुपमा दैनिक १ वटा अण्डा, एक पाँउ दुध खुवाउने कार्यक्रम समय सान्द्रभिक रहेको बताएका छन् । ‘हाम्रो जिवन रक्षा’ अभियानको पहलमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ निवासी बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माले देखाएको मानविय कार्यमा उच्च प्रशंसा गर्दै कोरोना संक्रमण संगको युद्धमा सबैको सहयोग हुन आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुरले बताएका छन् । ‘मानविय सेवामा समर्पित ‘हाम्रो जिवन रक्षा’ अभियानका टोली तथा बिशन बिश्वकर्माजीमा बिशेष धन्यबाद’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुरले भने ।

कोभिडका रोगीहरुलाई पोषिलो खानेकुराको अवस्थालाई हेरेर उनिहरुलाई दैनिक प्रति बिरामी एक पाँउ दुध तथा १ वटा कुखुराको अण्डा खुवाउने आफुले ईच्छा भए अनुसार सहयोग गर्न तयार रहेको बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माले बताएका छन् । ‘संक्रमणको बेला मैले सानो सहयोग गर्ने प्रयत्न गरेको हु’ बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माले भने । बिकास ईन्जिनियरिङ्ग वर्कसोपका संचालक बिशन बिश्वकर्माले दैनिक पोषिलो नास्ता उपलब्ध गराएकोमा बिरामीहरु खुशी भएका छन् । कोरोना संक्रमणको दोस्रो लहरले बिश्वनै आक्रान्त भएको अवस्थामा दोधारा चाँदनी नगरपालिकामा समेत संक्रमणले क्षती गर्दै आएको अवस्थालाई ध्यानमा राख्दै दोधारा चाँदनी नगरपालिकामा रहेका युवाहरुले ‘हाम्रो जिवन रक्षा’ अभियान संचालन गरि देश तथा बिदेशमा रहेकाहरुलाई सहयोग माग्दै यो अभियान संचालनमा आएको ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् । ‘हाम्रो जिवन रक्षा’ अभियान अन्तर्गत दोधारा चाँदनीमा रहेको कोरोना अस्पतालमा अक्सिजनको अभावलाई मध्यनजर राख्दै केही दिन अघि मात्रै एक थान ७ लिटरको अक्सिजन कन्सरटेटर मसिन खरिद कोभिड अस्पताल दोधारा चाँदनीलाई हस्तान्तरण गरिएको थियो ।







