कञ्चनपुर : कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा लकडाउन गरेको छ । कोरोना चेन तोड्का लागि प्रशासनले गत बैशाख १६ गतेदेखि लकडाउन अर्थात मानिस घरबाट बाहिर अनावश्यक कामले ननिस्किनु हो । तर, भारतबाट कञ्चनपुरका खुला नाका भएर धमाधम तस्करी भईरहेको छ । कोरोना महामारीका बेला आम सर्वसाधारणलाई रोकेर अनावश्यक केरकार आएको सशस्त्र प्रहरीले कञ्चनपुरका नागरिक र सरकारले सोचे भन्दा फरक काम त्यो गैर कानुनी कर्तव्य बिर्सिएर तस्करसंग साँठगाँठ गरिरहेको पाईएको छ । सशस्त्र प्रहरीलाई सरकारले सीमा सुरक्षा एव सीमा क्षेत्रमा हुने सबै प्रकृतिका अपराध रोक्नका लागि जिम्मेबारी दिएपनि केही बिओपी इन्चार्ज भने तस्करबाट रकम अशुल्न उद्यत भएका छन ।


माथिल्ला हाकिम सापहरुलाई खुसी पार्नका लागि भन्दै भीमदत्त नगरपालिका १०जिमुवा श्रीलङ्गका बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक हिम्मत सिह तस्करबाट रकम अशुलेर अवैध कमाईमा जुटेका छन । जनतालाई लकडाउनले आक्र्रान्त बनाईरहेका बेला सशस्त्र प्रहरीलाई भने मालामाल भएको छ । श्रीलङ्गका बिओपीका सशस्त्र प्रहरी इन्चार्ज सिहले दुई अघि मात्रै एक तस्करबाट १५ हजार घुस लिएका छन । भारतबाट कुखुरा एव चन्दा नेपालमा प्रतिबन्ध भएपनि सो कार्य रोक्नुको साटो सशस्त्र प्रहरीले कुखुरा तस्करबाट १५ हजार घुस लिएर छाडेको पाईएको छ । भारतबाट २५ सय चल्ला ल्याएर आएका ति तस्कर व्यवसायीको सबै कुखुरा बरामद गरेर १३सय नष्ट गरेर बाँकी १२सय चल्ला छाडिदिए माफत १५ हजार घुस लिएको ति व्यवसायीले बताए । स्थानीयले यस्ता घुस खाने र गैर कानुनी धन्दा गराउने सशस्त्र प्रहरीलाई कार्बाही र सरुवाको माग गरेका छन । प्रतिबन्धीत कुखुरा ल्याउने व्यवसायीलाई समेत नछाडेका इन्चार्जले अन्य व्यवसायिक समान ल्याउनेबाट कति घुस खान्छन ।

भारतीय सीमासंग जोडिएको उक्त गाँउमा भारतीय हस्तक्षेप एव ठूला अपराध हुने सो नियन्त्रणको साटो यस्तै घात गर्ने भएकाले नाम शसस्त्र प्रहरी काम हरीको गर्दाको परिमाण तस्करी मौलाउने स्थानीयको भनाई छ । सशस्त्र प्रहरी निरीक्षकले ति कुखुरा व्यवसायीबाट रकम लिएको बारे भीमदत्त नगरपालिका १०का वडाध्यक्ष प्रमानन्द जोशीले चासो दिदै सोछपुछ गर्दा आफुबाट गल्ती भएको बताएका थिए । तर, पत्रकारले सोधपुछ गर्दा कुखुराका चल्ला नियन्त्रणमा लिएरको झोकमा व्यवसायीहरुले रिसले घुस लिएको आरोप लगाएको बताईरहेका छन । आफुले घुस नलिएको तर, गैर कानुनी काम रोक्दा आरोप मात्रै लगाएको सशस्त्र प्रहरी निरीक्षक सिहको भनाई छ । कञ्चनपुरमा नेपाल प्रहरीले समेत सीमा क्षेत्रमा बसेको सशस्त्र प्रहरीले घुस लिएर समान छाड्दा कञ्चनपुरमा तस्करी मौलाएको घुमाउरो अर्थमा अथ्र्याईरहेको छ ।

विगतका तुलनामा भारतसंग जोडिएको कञ्चनपुरको खुला सीमा क्षेत्रमा २०भन्दा बढि स्थानमा सशस्त्र प्रहरीका बिओपी छन ।तर, सीमामा बिओपी छन । तस्करी रोकिएको छैन । तस्करले सशस्त्र प्रहरीलाई घुस लिएर अवैध गतिबिधी गरिरहेको आरोपमा छ । तस्करसंग घुस लिएको उक्त काण्डबारे सशस्त्र प्रहरीका माथिल्ला निकायबाट घटनाको सत्यतथ्य छानबिन गरेर सशस्त्र प्रहरीलाई थप जिम्मेबार बनाउनुपर्ने नागरिक समाज कञ्चनपुरको जोडछ । सशस्त्र प्रहरीले घुस लिएर तस्कर छाड्दा कञ्चनपुरमा तस्करी नियन्त्रणमा चुनौती थपिएको प्रहरीको बुझाई छ । गत बर्ष कोरानो महामारीका बेला कोरोना चेन तोड्ने देखि हातहतियार बोल्ने जनप्रतिधि ठेगाना लगाउँदै सीमा क्षेत्रमा अपराध नियन्त्रणमा अब्बल काम गरेको सशस्त्र प्रहरी यस बर्ष विवादै विवादमा भाँसीएको छ ।






