किशोर तमाङ्ग/पुनर्वास : बिगत केही बर्षदेखी कञ्चनपुरकाे दक्षिणी क्षेत्रमा ग्राहकहरूको रोजाइको होटल एवं रेस्टुरेन्ट पुनर्वास नगरपालिकामा अवस्थित सम्राट होटेल एन्ड रेस्टुरेन्ट। जसको नाम हरकोहीको मुखमा झुण्डिरहेको हुन्छ। कोरोना भाइरस कोभिड १९ को महामारी फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरे लगतै हरेकको जनजीवन प्रभावित बनेको छ। कोभिड१९ को त्राससँगै लकडाउनले घरैमा थन्कनुपर्ने बाध्यात्मक परिस्थितिमा स्वास्थ सुरक्षाको सावधानी अपनाएर रेस्टुरेन्टका परिकारहरु ग्राहकलाई घरैमा डेलिभरी गर्ने संस्थापक सञ्जय गुरुङले बताए। लकडाउनमा होटलमा आई खाना सक्ने अवस्था नरहे पछि खाजा र खानाका परिकार घर तथा अफिसमा डेलिभरी गर्न लागिएको गुरूङले बताए ।

ग्राहक र कर्मचारी दुबैको स्वास्थ प्रती सजग हुँदै मास्क, ग्लोव्स र सेनिटाइजर मात्र नभई आवस्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई कर्मचारीलाई होम डेलिभरीका लागि खटाईने गुरुङले जानकारी दिनुभयो । सम्पुर्ण कर्मचारीको कोरोना परीक्षण पश्चात् सञ्चालनमा ल्याइएको पार्सल सेवा निरन्तरताका लागि कर्मचारीको नियमित स्वास्थ प्रशिक्षण समेत गरिने बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षा मध्यनजर गर्दै सार्वजनिक तथा निजी सवारी नचलेको असहज परिस्थितिमा ग्राहकले पुनर्वासको जुन सुकै ठाउँमा पनि यो सुविधा लिन सकिनेछ। अहिलेका स्थितिमा रेष्टुरेन्ट भित्र बसेर खान नपाउने भएकाले इक्छुक ग्राहकले आफै रेस्टुरेन्टबाट खान लिन जान चाहेमा फोन मार्फत अर्डर गरि आफु रेष्टुरेन्ट पुग्दा खाना खाजा प्याकिङ तयार भएको पाउन सक्नेछन। ग्राहकले होटल सञ्चालक सग सिधै मोबाइल नम्बर ९८०६४४७८४० /९८०६४८३९६६ वा सामाजिक सञ्जाल होटेल सम्राटको फेसबुक पेज मार्फत अर्डर गरि सेवा लिन सक्ने होटलका सञ्चालक सञ्जु गुरुङले बताउनुभयो ।







