महाकाली अस्पताल र नागरिक सराेकार समुहकाे भुमिका


नागरिक सरोकार समूह सक्रिय भएदेखि अस्पताल भित्रको वातावरण समेत सुधार हुँदै गएकोमा दुइमत नहोला । अस्पतालको चौतर्फी विकासमा अस्पताल प्रशासन र सम्बन्धित निकाय तथा विभिन्न दातृ निकाय तथा चन्दाताहरूसँग हातेमालो गर्दै आइरहेका छौं । अस्पतालको सेवा विस्तारका साथै गुणस्तरीय र प्रभावकारी स्वास्थ्यसेवाका लागि हामी सदैव तत्पर छौं । हाम्रो निरन्तर निस्वार्थ क्रियाशीलता, अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन, सम्बन्धित मन्त्रालय र राजनीतिक प्रतिनिधीहरूलार्इ अस्पतालको विकास र विस्तारका लाग झकझकाउदै आएका छौं । हाम्रो खबरदारी र क्रियाशीलताले अस्पतालमा हुने गरेका विभिन्न गलत प्रवृतिहरू घट्दै गएका छन् । गत वर्षको भेन्टिलेण्टर काण्डहोस् कि कोरोना अस्पताल बनाउँदा नै किन नहोस्, गलत कार्य सच्याउनमा नागरिक सरोकार समूह र सचेत युवाहरूको ठूलो भूमिका रहेको छ । यस पटको अक्सिजन काण्डमा पनि नीतिगत रूपमा प्रारम्भिक चरणमै बदर भागी हुने बोलपत्रहरूको आर्थिक प्रस्ताव खोली बढी मूल्य कबोल गरेको प्रस्तावकलाइ मिलोमतोमा बोलपत्र स्वीकृत गर्न विभिन्न चलखेल भएको खबर पाएपछि अस्पताल प्रशासनलार्इ सचेत रहन अनुरोध गरेका थियौं ।
यसै क्रममा सचेत युवा, विभिन्न राजनीतिक दल, समाजसेवीहरूको बुलन्द आवाजका कारण अस्पताल व्यवस्थापन समिति र प्रशासन सचेत भइ नियमबद्द उक्त प्रकृया रद्द गर्न बाध्य भयो । गलत कार्य हुन नपाएपछि केही मेडिकल माफियाहरूलाइ यस्ता कुरा पाच्य हुने कुरा नै भएन, किनकी उनीहरूको आर्थिक लाभको कुरा न हो । जे होस् सचेत युवा र समाजसेवीहरूको निस्वार्थ आवाजका कारण टेण्डर रद्द भएको छ । त्यसका लागि सबै धन्यादका पात्र हुनुभएको छ । त्यसै गरी ट्रस बनाउनका लागि भएको टेण्डरमा भएकोमा टेण्डर खोलि प्रारम्भिक रूपमा आफूले चाहेको निर्माण व्यवसायीलाइलार्इ उक्त टेण्डर नपर्ने भएपछि उक्त टेण्डर समेत रद्द गरेको छ । ट्रस निर्माका लागि बोलपत्र आह्वन गरेको २० दिनमा नै उक्त ट्रस आवश्यक नभएको भनी प्रेश विज्ञप्ति जारी गरिएको छ । यसबाट अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनको दूरदर्शिता माथि प्रश्न खडा हुन्छ । २० दिनमा नै भवन आवश्क नहुने कस्तो योजना बनाउने रहेछन् । यस विषयमा हाम्रो चासोको चित्त बुझ्दो जवाफ अझै पाउन सकेका छैनौ । बरू बोलपत्रमा सहभागी निर्माण व्यवसायीहरूबाट भने अस्पताल प्रशासनले गलत नियतका साथ मिलोमतो गर्न उक्त बोलपत्रको सूचना पटक पटक परिवर्तन गरेको थाहा हुने आएको छ । यस्ता खाले गलत प्रवृत्तिका विरूद्ध हामी सधैं सतिसाल झै अभिने छौ भने अस्पतालको सकारात्मक विकास, गुणस्तरीय एवं प्रभावकारी सेवा विस्तारका लागि हामी हातेमालो गर्न सधैं तम्तयार रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।

ताजा समाचार

spot_img