लागु औषधी सहित तिन जना पक्राउ


कञ्चनपुर : दिन प्रतिदिन लागु औषधको कारोवारी र प्रयोग कर्ता बढदै गएको अवस्थामा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले आज पनि लागु औषध सहित तिन जना पक्राउ गरेको छ ।

No description available.

शुक्लाफाँटा नगरपालिका– १० भलारी बजारमा रहेको लोकेन्द्र तिरुवाको बाँझो पक्की घरमा लागु औषध विक्री वितरण गरीरहेको अवस्थामा सोही स्थिानमा बसोवास गर्दै आएका वर्ष ३४ का विक्रम शिलाल, वर्ष २५ को विशाल थापा र वर्ष २६ को बिनोद नागारीलाई ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६४० मिली ग्राम सहित तिनै जनलाई विषेश सुचनाको आधारमा पक्राउ गरेको छ ।

No description available.

तिनै जनालाई कानुनी पक्रिया अघि बढाइ थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नयाब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।


ताजा समाचार

spot_img