बेवारिसे अवस्थामा अबैध समान फेला


कञ्चनपुर:  बेलौरी न.पा.– ६ हात्तीबोझा सीमानाकाबाट भन्सार छली भारतबाट चोरी पैठारी गरी ल्याएको लेडिज सुट, स्टिल फरुवा, फलामको फरुवा, डिएपि मलखाद, प्लास्टिकको थैली र नम्बर नभएको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अन्दाजी मुल्य रु. एकलाख छहत्तर हजार आठ सय विस बराबरको समान वेदकोट न.पा. ९ सुन्दरपुर बाट आइतबार दिउसो १२ बजे बेवारिस अवस्थामा फेला पारेको छ । उक्त फेला पारेका सबै समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जनाकारी गराए ।


ताजा समाचार

spot_img