डोटीमा ३० लाखको स्वास्थ्य सामाग्री वितरण गरेर बाजुरा लागे साईन नेपालका अध्यक्ष भक्तराज

डोटी: मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल )नामक संस्थाको टिम डोटीको कार्यक्रम सकेर आईतवार बिहानै दिपायलबाट बाजुराका लागि हिडेको छ । साईन नेपालले बिहिवार देखि शनिबार सम्म डोटीका ६ पालिकाहरुमा करिब ३० लाख बराबरको प्राण वायु उत्पादन सहितका थुप्रै स्वास्थ्य उपकरणहरु वितरण गरेको हो ।

No description available.

अध्यक्ष भक्तराज कोभिड-१९ व्यवस्थापन गर्न अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री बोकेर डोटीका ६ र बाजुराका २ पालिकाहरुका लागि पश्चिम पहाडको यात्रामा हिडेका थिए । डोटीमा वितरण पश्चात् उनी बाजुराको हिमाली गाउँपालिका र बुढी गंगा नगरपालिकाहरुलाई हस्तान्तरण गरिने संस्थाका अध्यक्ष जोशीले जानकारी दिए।

No description available.

विगत देखि तराई तथा पहाडका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको साईन नेपाल संस्था कोरोनाको दोस्रो लहरको भयावह भइरहदा पनि आफ्नो सामाजिक कार्यमा निरन्तर सक्रिय देखिएको छ ।

 

No description available.

ताजा समाचार