सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साउदी अरबको अध्यक्षमा: भट्ट

कञ्चनपुर ,

सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साउदी अरबको पहिलो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। नयाँ कार्यकारी समितिको अध्यक्षमा खेमराज भट्ट , महासचिवमा केशव सिंह र संरक्षकमा जगदीश नाथ चयन भएका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको (शाखा)छाता संगठनको रुपमा साउदी अरबमा पनि स्थापना भएको हो।No description available. समाजसेवि खेमराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। जस्मा बरिष्ठ उपाध्यक्ष सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घरभएका हाल साउदी अरबमा कार्यरत पदम बहादुर महत,प्रथम उपाध्यक्ष धिरज साउँद,द्वितीय उपाध्यक्ष चक्र मल्ल,तृतीय उपाध्यक्ष ललित सिंह,महासचिव केशव सिंह ,सचिव अर्जुन माल,सह-सचिव केशव सिंह धामी,कोषाध्यक्ष राम बहादुर रोकाया,सह-कोषाध्यक्ष राम बहादुर बिष्ट र सदस्यहरु क्रमशः आर जे पन्त,धन ब. नाथ ,बशन्त भट्ट ,गोबिन्द सिंह बोहरा ,धरम ऐर ,बाबु रिजाल,दिपक बहादुर सिंह ,दिपक बोगटी,रोहित पाली, सिद्धराज भट्ट , सुरत राज सोती ,दिपक लुहार र पदमराज भट्ट चयन हुनुभएको छ । यस्तै महिला संयोजक सबिता गौतम रियाद क्षेत्रीय संयोजक धिरज साउँद ,दमाम क्षेत्रीय संयोजक पदम बहादुर महत,जेद्दा क्षेत्रीय संयोजक केशव ब. सिंह, कला संस्कृति संयोजक पदमराज भट्ट,प्रचारप्रसार बिभाग प्रमुख केशव सिंह धामी र खेलकुद बिभाग प्रमुख धन बहादुर नाथ चयन हुनुभएको द्वितीय उपाध्यक्ष चक्र मल्लले ई-सुदूर दर्पण डट कम लाई जानकारी गराउनु भएको छ।

उनका अनुसार साउदी अरब तदर्थ समितिका संयोजक समेत रहेका जगदीश नाथलाई संरक्षकमा चयन गरेको छ भने प्रमुख सल्लाहकारमा बिष्णु तमोली ,बरिष्ठ सल्लाहकारमा रबिन कुमार राई र सल्लाहकार दीर्घराज निरौला लाई चयन गरेको छ।No description available.

लामो समयको संघर्षका साथ साउदीमा उक्त समिति गठन गरिएको र कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै स्थापना गरिएको “सुदूरपश्चिमेली नेपाली समाज” साउदी अरब नवगठित समितिले आगामी दिनको यात्रालाई सहज र सुखद बनाउने रहेको छ।

ताजा समाचार