नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले रक्तदान कार्यक्रम संचालन गर्ने


दोधारा : नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको बैठकले निर्णय गरि बर्तमान कारोना संक्रमण तथा जिल्ला भरी रक्त अभाव भएको अवस्थालाई मध्यनजर राख्दै भोली बिहान देखि रक्तदान कार्यक्र संचालन गर्ने भएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जनाएका छन् । कोरोना संक्रमणको कारण नियमित रक्तदान कार्यक्रम हुन नसक्दा जिल्ला भरी रगतको अभाव भएको भन्दै रक्तदान गरिदिन सबै संग नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले आग्रह गरेको छ ।

नियमितरुपमा हुने रक्तदान कार्यक्रम हुन नसकेकोले जिल्ला भरी रगतको अभाव देखिएको कारण रेडक्रसले रगत अभावलाई हटाउन रक्तदाता र तथा विभिन्न संघ संस्थाहरुलाई रक्तदान गर्न अपिल गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताएका छन् । हाल देखिएको रगतको अभावलाई हटाउन र रगतको सहज व्यवस्थापन गर्नको लागि दोधारा चा“दनी नगरपालिकाको साबिकको दोधारा गाबिस कार्यायलमा विशेष रक्तदान शिविर संचालन गरी रगत संकलन गर्ने काम गरिने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताए ।

उक्त शिविरमा बिहान ८ बजे देखि रक्तदान गर्न सकिने बताईएको छ् । देशमा बाढि पहिरो, भूकम्प तथा अन्य प्राकृतिक प्रकोप आइपर्दा मानवीय सहयोगमा लाग्दै आएको नेपाल रेडक्रसले करिव ५२ वर्ष अगाडी देखिनै देशमा रगतको अभाव भएको समयमा विभिन्न क्याम्पहरु संचालन गरी रगत संकलन गर्दै आएको छ ।


ताजा समाचार

spot_img