स्वास्थ्य सामाग्री सहित डोटी-बाजुराको गन्तव्यमा साईन नेपालका अध्यक्ष जोशी

कैलाली – बिहिवार बिहानै मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल)नामक संस्थाका अध्यक्ष भक्तराज जोशी कैलालीको धनगढीबाट स्वास्थ्य सामाग्री बोकेर पश्चिमी पहाडको गन्तव्यमा हिडेका छन् । डोटी र बाजुरा जिल्लाका विभिन्न पालिकामा निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्न अध्यक्ष जोशी आफ्नो स्कार्पियो र पिकअप भ्यानमा स्वास्थ्य सामाग्री सहित गन्तव्यमा हिडेका हुन ।

यस पटक अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री सहित डोटीका बडिकेदार गाउँपालिका,केआई सिंह गाउँपालिका, आदर्श गाउँपालिका ,सायल गाउँपालिका, पुर्वीचौकी गाउँपालिका,शिखर नगरपालिका र बाजुराको हिमाली गाउँपालिका र बुढी गंगा नगरपालिकाहरुलाई हस्तान्तरण गरिने संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

विगत देखि तराई तथा पहाडका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको साईन नेपाल संस्था कोरोनाको दोस्रो लहरको भयावह भइरहदा पनि आफ्नो सामाजिक कार्यमा निरन्तर सक्रिय देखिएको छ ।

ताजा समाचार