नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखाद्वारा वेदकोट स्थीत कोरोना अस्पताललाई सहयोग


कंचनपुर : चाइना रेडक्रस फाउन्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश र नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखाद्वारा वेदकोट स्थीत कोरोना अस्पताललाई आज एक कार्यक्रम विच अक्सिजन कन्सन्ट्रेटर एक थान र मेडिकल मास्क दुई हजार पिस वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दलाई रेडक्रस सोसाइटी कञ्चनपुरका उपसभापति नरबहादुर रानाले हस्तान्तरण गुर्न भएको छ ।

दिन प्रतिदिन कोरोनाको महामारी बढदैं गएको अवस्थामा केही हदसम्म पनि राहत हुन्छ भन्ने उद्देश्यका साथ आपुहरुले विभिन्न संस्था कार्यालयहरुलाई यस प्रकारको सामग्रीहस्तान्तरण गर्दै आएको उपसभापति रानाले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चन्दले यस विपतको घडीमा सबैले हातोमालो गरेर हिडनु पर्ने, सबै मिलि कोरोनालाई परास्त गर्न यस प्रकारको सहयोगले आफुहरुलाई हौसला प्रदान गर्ने र सबैले यस विपतको बेला सहयोग गर्नु पर्ने मा जोड दिनु भयो ।


ताजा समाचार

spot_img