दोधारा : कोरोना संक्रमणको कारण दोधारा चाँदनीमा एक महिलाको ज्यान गएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार गराईरहेका दोधारा चाँदनीका अन्ताजी ६५ वर्षिय एक महिलाको कोरोना संक्रमणको कारण गएराती ज्यान गएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छ् ।

उनलाई श्वासप्रश्वासको समस्या रहेको थियो । उक्त महिला केही दिन देखि कोभिड अस्पताल दोधारा चाँदनीमा उपचारकै क्रममा रहेका थिए । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या १२ पुगेको दोधारा चाँदनी नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।







