धिरेन्द्र धामी / कञ्चनपुर
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले सबै उपायाहरुको अवलम्बन गरेको बताउनुभएको छ । दोस्रो लहरको कोरोना संक्रमण जटिल रहेको र केही प्रदेशबासिले ज्यान गुमाउनुपरेको भन्दै प्रदेश सरकार जनताको जीउधनको शुरक्षाका लागि हरेक उपाया अपनाएर भएपनि रोकथाम नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको उपचारमा केही अक्सिजन आपुर्तीको अभाव भएपनि अहिलेको अवस्थामा त्यसको पुर्ती भैसकेको उहाको भनाइ रहेको छ ।

आगामी दिनमा हुने संक्रमणको अवस्थालाइ मध्यनजर गर्दै कोराना कोषमा १५ करोड रकमको व्यवस्था गरेर स्थानिय तहहरुलाइ समेत आवश्यक बजेट उपलब्ध गराइएको उहाको भनाइ रहेको छ । सीमामा हेल्थ डेस्क निर्माण गर्ने देखि प्रदेशभरीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको प्रबन्ध गरिएको भन्दै संक्रमितहरुको उपचारमा कुनै कमी नहुने उहाको भनाइ रहेको छ । कोरोनाको संक्रमणका कारण विकास निर्माणका कामहरु केही प्रभावित भएको भएपनि भौतिक दुरी निर्माण गर्दै स्वास्थ्यका मापदण्डहरु अपनाएर कामहरु जारी रहेको उहाको भनाइ रहेको छ ।

प्रदेश सरकारका गौरबका आयोजनाहरु नरोकिएको भन्दै विकासका सबै बजेट खर्च हुन नसकेपनि विकास निर्माणका काम सन्तोषजनक हुने उहाले बताउनुभएको छ । प्रदेश सरकारका केही महत्वपुर्ण योजनाहरु भने कोरोना संक्रमण भन्दा पहिला नै सम्पन्न समेत भैसकेको मुख्यमन्त्री भट्टले बताउनुभएको छ ।







