‘हाम्रो जिवन रक्षा’ अभियान अन्तर्गत कोभिड अस्पताल दोधारा चाँदनीलाई अक्सिजन कन्सरटेटर मसिन


दोधारा : दोधारा चाँदनी नगरपालिकामा युवाहरुले संचालन गरेको हाम्रो जिवन रक्षा अभियान अन्तर्गत कोभिड अस्पताललाई अक्सिजन कन्सरटेटर मसिन हस्तान्तरण गरिएको छ् । कोरोना भाईरसको दास्रो भेरियन्टले दोधारा चाँदनी नगरपालिका समेत आक्रन्त भएको अवस्थामा कोभिड अस्पताल दोधारा चाँदनीमा अक्सिजनको अभाव श्रजना भईरहेको अवस्थामा युवाहरुले देश, बिदेशबाट सहयोग संकलन गरि संकलित रकमले आज एक थान ७ लिटरको अक्सिजन कन्सरटेटर मसिन खरिद गरि कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरी र दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीलाई हस्तान्तरण गरिएको हाम्रो जिवन रक्षा अभियानका संयोजक भिम कुमालले जानकारी दिएका छन् ।

बुटवलबाट आउदा समय लागेको कारण उक्त मसिन हस्तान्तरण गर्न ढिलाई भएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले हाम्रो जिवन रक्षा अभियानका संयोजक भिम कुमाल र उहाँको टिमलाई बिशेष धन्यबाद दिदै कोरोना अस्पतालमा अक्सिजनको अभाव रहदै आएकोमा हाम्रो जिवन रक्षा अभियानमा संलग्न युवाहरुले स्र्फुतरुपमा रकम संकलन गरि कोरोना संक्रमितको लागी अक्सिजन कन्सरटेटर खरिद गरि सहयोग गरेको सबैमा धन्यबाद दिएका छन् । ‘पिडाको घडीमा युवाहरुको गरेको कार्य निकै प्रशंसनिय छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । केही दिन देखि दोधारा चाँदनी नगरपालिकाका युवाहरुले अक्सिजनको अभावमा कसैको ज्यान अकालमे नजाओस भन्ने उद्धेश्यले संचालन गरेको हामे जिवन रक्षा अभियानका मुख्य अभियन्ता भिम कुमालले कोरोना संक्रमणले अक्सिजनको अभावले अकालमै ज्यान जाँदा यो अभियानको सुरुवात गरिएको बताए ।

बिगतका दिनहरु देखि सामाजिक कार्यमा प्रखर देखिदै आएका सामाजसेवी भिम कुमालले देश बिदेशमा रहेका नेपाली दाजु भाईले हाम्रो जिवन रक्षा अभियानलाई राम्रै सहयोग गरेको बताएका छन् । अभियानबाट संकलित रकमले खरिद गरि कोभिड अस्पताल दोधारा चाँदनीलाई हस्तान्तण गरेको अक्सिजन कन्सरटेटरले संक्रमितको जिवन बचाउने आफुहरुले अपेक्षा राखेको उनले बताएका छन् । सामाजसेवी तथा हाम्रो जिवन रक्षा अभियानका मुख्य अभियन्ता भिम कुमालले अभियानमा सहयोग गर्ने सबै मनकारी मनहरुलाई समेत धन्यबाद दिदै अभियान जार िरहेको बताएका छन् । हस्तान्तरण कार्यक्रममा हाम्रो जिवन रक्षा अभियानका संयोजक तथा सामाजसेवी भिम कुमाल, अभियानका अभियन्ता रमेश चन्द (केजीएफ), धनसरा नाथ, लक्ष्मी चन्द, रबि गिरी, टेकराज गिरी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, कोभिड अस्पताल दोधारा चाँदनीका डाकटर गगन चौधरी रहेका थिए । यस्तै आजै भारतमा रहेका बाशुदेव भट्टले ब्यक्तीगतरुपमा ७ लिटरको अक्सिजन कन्सरटेटर मसिन कोभिड अस्पताललाई सहयोग गरेको कोभिड अस्पताल दोधारा चा“दनीले जनाएको छ् ।


ताजा समाचार

spot_img