दोधारा : लकडाउनले गर्दा रोजगारी गुमेर खाद्यान्नको अभावले चुल्हो जलाउन समस्या पर्र्दै आएका दोधारा चाँदनीका अतिबिपन्न २३ घरपरिवारलाई तिवारी र घिमिरे परिवारले खाद्यान्न उपलब्ध गराएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ निवासी तथा हाल क्यानाडा र अमेरिका बस्दै आएका अर्जुन घिमिरे, साधना तिवारी, गणेश घिमिरे र आनन्द तिवारीको सहयोगमा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ र ९ का अतिबिपन्न २३ घरपरिवारलाई १ कट्टा चामल, ३ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन र २ केजी चिनी बितरण गरिएको महेश घिमिरेले बताएका छन् । कोरोना संक्रमण समुदाय स्तरमा युद्ध स्तरमा बढ्दै गएको कारण नेपाल सरकारले लकडाउन गरेपछि गरिखाने तथा अतिबिपन्न घरपरिवारलाई चुल्हो जलाउन समस्या पर्दै गएको अवस्थामा क्यानाडा र अमेरिका बस्दै आएका अर्जुन घिमिरे, साधना तिवारी, गणेश घिमिरे र आनन्द तिवारीले सहयोग पठाएपछि स्थानियहरु हर्षित भएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापाले कोरोनाको मार त्यसैमा लकडाउनले खाना समेतको समस्या पर्दै आएको बिपन्न परिवारलाई क्यानाडा र अमेरिका बस्दै आएका अर्जुन घिमिरे, साधना तिवारी, गणेश घिमिरे र आनन्द तिवारीले सहयोगले गरिब परिवारमा खुशीयाली छाएको बताएका छन् । रोग र भोगले थलिएको बेला गरिब घरपरिवारलाई खाद्यान्न सहयोग गरेको भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापाले अर्जुन घिमिरे, साधना तिवारी, गणेश घिमिरे र आनन्द तिवारीलाई बिशेष धन्यबाद दिएका छन् । ‘रोग र भोगले समस्यामा पर्दै आएको बेला सहयोग गरिदिनुभएका दाता प्रति धन्यबाद’ दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापाले भने । आज बिहान दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित आरिस किराना पसल शँन्तीटोलबाट सामाजिक दुरी कायम राखी खाद्यान्न बितरण गरिएको हो ।

लामो समयको लकडाउनले गरिब तथा बिपन्न परिवारले चुल्हो जलाउन निकै पिडा रहदै आएको अवस्थामा क्यानाडामा बस्दै आएका तिवारी र घिमिरे परिवारजनको सहयोगले बिपन्न परिवारमा खुशियाली ल्याएको बताउदै कोरोनाको कारण रोग र भोगबाट ग्रसित बिपन्न घरपरिवारलाई सबैले आ–आफ्नो तर्फबाट सक्दो सबैले सहयोग गर्न नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले आग्रह गरेका छन् । उक्त खाद्यान्न दाताका अभिभावक उत्तम घिमिरेको हातबाट बितरण गरिएको थियो । यता दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भोग र रोगले थलिएको अवस्थामा गरिब तथा बिपन्न घरपरिवारलाई क्यानाडा र अमेरिका बस्दै आएका अर्जुन घिमिरे, साधना तिवारी, गणेश घिमिरे र आनन्द तिवारीलाई बिशेष धन्यबाद दिदै उक्त खँद्यन्नको लागी पहल गर्ने नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष तिवारी र नेपाल रेडक्रसकर्मी महेश घिमिरेलाई समेत धन्यबाद दिएका छन् ।

खाद्यान्न बितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारी, रेडक्रसकर्मी महेश घिमिरे, उत्तम घिमिरे, होम बहादुर बराल, कुमार घिमिरे, भिम खत्री लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । खाद्यान्नको चरम अभाव भएको अवस्थामा अर्जुन घिमिरे, साधना तिवारी, गणेश घिमिरे र आनन्द तिवारीले पठाएको खाद्यान्न दिदै स्थानियहरुले खुशी प्रकट गर्दै उनिहरुलाई आशिष दिएका थिए । यस अघि रेडक्रसकर्मी महेश घिमिरेको पहलमा रु. ४० हजार बराबरको कोभिड संक्रमितहरुलाई आवश्यक पर्ने औषधी कोभिड अस्पताल दोधारा चाँदनीलाई सहयोग गरेका थिए ।






