कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाको अगुवाईमा बजार अनुगमन गरिएको छ । अनुगमका क्रममा बजारमा इमान्दारिता भन्दा बढि कालोबजारी उपभोक्ता ठग्ने काम भएको पाईएको छ । म्याद गुज्रिएका खाद्य तथा औषधीजन्य पदार्थ एव बढि मुल्य लिएर समान बिक्रि वितरण गर्दै महामारीका अनुचित लाभ उठाईरहेको पाईएको छ ।

भीमदत्त नगर नगरका प्रशासकिय अधिकृत सुभाष अधिकारी नेतृत्वमा अनुगमन गरिएको छ । गैर कानुनी काम गर्ने व्यवसायीलाई चेतावनी दिईएको छ । महामारीका बेला महेन्द्रनगरका केही व्यवसायी कालोबजारीमा जुटेको भीमदत्त नगरपालिकाले अनुगमनका क्रममा फेला पारेको हो ।







