सुदूरपश्चिम प्रदेश सरकारका ५ मन्त्री र चार राज्यमन्त्रीले सपथ लिए


कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारमा पाँच मन्त्री र चार राज्यमन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार एक कार्यक्रमकाबीच आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का , उद्योग पर्यटन तथा वनवातावरण मन्त्रीमा मानबहादुर धामी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई सपथ गराए ।

No description available.

त्यस्तै राज्यमन्त्रीमा आर्थिक मामिला तथा योजना राज्य मन्त्रीमा अर्चना गहतराज, भौतिक पूर्वाधार विकास मन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्रीमा मानबहादुर सुनार र सामाजिक विकास राज्य मन्त्रीमा मना साउँदलाई प्रदेश प्रमुख यादवले सपथ गराए । यससंगै सुदूरपश्चिम प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि आजै आन्तरिक मामिला तथा कानून मन्त्रीबाट प्रकाश शाह, सामाजिक विकास मन्त्रीबाट कृष्णराज सुबेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सहमतिमै राजीनामा दिएका थिए । राजीनामा दिएकामध्ये शाह आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति भैसकेका छन् ।

No description available.


ताजा समाचार

spot_img