दोधारा : आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर संगै दोधारा चाँदनी नगरपालिकाले ईतिहासमा पहिलो मन्त्रीकारुपमा मान बहादुर सुनारलाई पाएको छ् । दोधारा चाँदनी नगरपालिका निवासी प्रदेश सभा सदस्य मान बहादुर सुनार सुदूरपश्चिम सरकारको राज्यमन्त्री नियुक्त भएपछि स्थानियहरुमा खुशीयाली छाएको छ् । उनलाई बधाई दिन स्थानियहरु उनैको निवासमा पुग्न थालेका छन् । दोधारा चाँदनी नगरपालिकाको ईतिहासमा पहिलो मन्त्रीको रुपमा मान बहादुर सुनारलाई पाएपछि नगर क्षेत्रको बिकास र समृद्धि आउने बिश्वास लिएका छन् । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिए लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाह मन्त्रीमा दोहोरिएका

छन् ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश सभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् । लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका

छन् ।
यस अघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लाल बहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मान बहादुर धामी पर्यटनमन्त्री बनेका छन् । त्यस्तै चुन देवी चौधरी, मना कुमारी साँउद, अर्चना गहतराज र मान बहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबारनै शपथ लिएका छन् ।






