व्यवस्थापनका अभावमा दोधारा चाँदनीको गाँउघरमा फैलियो कोरोना संक्रमण


दोधारा  : दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिईरहदा दोधारा चाँदनी नगरपालिका जनप्रतिनिधीको अपेक्षाकृत देखिएन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीलाई रुपान्तरण गरेर कोभिड अस्पताल बनाईएपनि कोरोना बिरामीहरुको उपचारमा निकै सहजता आएपनि दोधारा चाँदनी नगरपालिकाले समुदाय स्तरमा गर्नु पर्ने जनस्तरको अपेक्षा अनुरुप चाही नभएको गुनासो तिब्र छ् । संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारको कोरोना महामारी विरुद्ध तयारी खासै नदेखिएको गुनासो सबैमा छ् । स्थानीय निकायको तयारी सुस्त देखिन्छ् । समुदाय स्तरमा कोरोना संक्रमण भुसको आगो सरह सर्दै छ् । दोधारा चाँदनी नगरपालिका नेपाल–भारतको खुला सिमा क्षेत्र संग जोडिएको नगरपालिका हो ।

दोधारा चाँदनी नगरपालिका संक्रमणको उच्च जोखिममा रहदै आएको छ् । खुला सिमा त्यसैमा सदरमुकामबाट दुर्गम स्थानमा रहेको कारण तस्करी ब्याप्त छ् । महामारीको बेला खुला सिमा क्षेत्र बन्द गर्ने सरकारको निर्णय भएपनि रातीको समयमा खुला सिमा क्षेत्रमा अबैध तस्करी भने रोकीएको छैन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले दोधारा चा“दनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा कसिलो बनाउने प्रयत्न भने नगरेको हैन् । तर सिमा क्षेत्रबाट रातीको समयमा प्रहरीलाई आँखा छलेर तस्करी बढ्दो छ् । ऐन कानुनले स्थानीय निकायहरुलाई स्वायत्त बनाएको छ र जिम्मेवारी स्थानीय निकायलाई दिएको छ तर त्यस अनुसारको काम जनप्रतिनिधिहरुले गर्न सकिरहेका छैनन् । जनता संकटमा परेकाले जनप्रतिनिधि सक्रिय हुनुपर्नेमा सामाजिक अभियन्ताहरु सक्रिय देखिएको छ् ।

छिमेकी देश भारतीय खुला सीमा क्षेत्रमा भइरहेको आवतजावतलाई रोक्न र भारततर्फबाट आउनेहरुलाई कुन स्थानमा राख्ने भन्ने विषयमा स्थानीय तहको कुनै चाँसो देखिएन् । तस्करी र दैनिक उपभोग्य समान लिन भारतीय बजार जाने क्रम अझै रोकिएको छैन । भारतीय बजारबाट फर्किनेहरुलाई न होल्डिङ्ग सेन्टरमा राखिन्छ नत कुनै स्वास्थ्य जाँच नै गरिन्छ । बिना जाँच घर फर्किदा संक्रमण अझ भयावह हुने अवस्था देखिएको स्थानीयहरुको भनाई रहेको छ् । दोधारा चाँदनी संग जोडिएको नेपाल–भारतको ३५ कलिोमिटर खुला सिमा त्यसैमा जनशक्तीको अभावको कारण आवत जावत तथा तस्करी नियन्त्रणमा कठिनाई आएको प्रहरी श्रोतको भनाई रहेको छ् । अघिल्लो वर्ष भारतीय सीमाक्षेत्रबाट हुने आवतजावत रोक्ने देखि क्वारेन्टिनमा राख्न जनप्रतिनिधिहरुले अग्रसरता देखाएका तर यसपालि भने उनीहरुको सक्रियता नदेखिएको हो । भारती संग यस नगरको ३५ किलोमिटर खुल्ला सिमाना छ् ।

ती सबै स्थानबाट भइरहेको आवागमनको व्यवस्थापन भएन् । दोधारा चाँदनी नगरपालिकाको बैठकले उक्त खुला नाका बन्द गर्ने र कञ्चनवपुरको मुख्य नाका गड्डा चौकीबाट आगामन गर्ने निर्णय गरेता पनि खुला सिमा क्षेत्रबाट अबैधरुपमा आवागमन भयो । तत्पश्चात संक्रमण समुदाय स्तरमा तिब्र गतीमा फैलियो । त्यसैले क्वारेन्टिनको अहिले आवश्यकता परेको छैन । अहिले दोधारा चाँदनी नगरपालिकाले निमार्ण गरेको कोभिड अस्पताललाई सुबिद्या सम्पन्न बनाउने हो । जस्को लागी दोधारा चाँदनी नगरपालिका र सामाजिक अभियन्ताहरु लागी परेका छन् । नगरपालिकाले संक्रमण बढ्दै जा“दा कन्ट्याक्ट ट्रेसिङ्गको योजना बनाएर अघि बढेको जनाएको छ । नगरमा रहेको कोभिड अस्पतालमा बेड थप्ने र आइसियू तथा भेन्टिलेटरको व्यवस्था कसरी मिलाउने भन्ने विषयमा नियमित छलफल भइरहेको छ् । संक्रमितहरुको उचित व्यावस्थापन नगर्दा संक्रमितबाटै गाँउघरमा फैलिएर त्रास बढेको छ् । कोरोना संक्रमितहरुलाई संस्थागत या घरमै आइसोलेशनमा नराखिदा खुलेआम गाँउमा हिड्ने गरेका छन् र यसबाट गाँउका धेरै मानिसहरुमा फैलिन पुगेको बताइएको छ् ।


ताजा समाचार

spot_img