कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले दिनप्रतिदिन नागरिकले ज्यान गुमाउँदै गएको समयलाई मध्यनजर गर्दै कञ्चनपुरको वेदकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमित बढ्न थालेको र अस्पतालहरुमा चाप बढ्दै गएपछि नगरपालिकाले कोभिड अस्पताल सञ्चालमा ल्याएको हो । कोभिड अस्पतालको शुक्रबार एक कार्यक्रमबीच वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले उद्धघाटन गर्नु भएको हो । महाकाली उपप्रदेशिक अस्पतालमा बिरामिको चाप बढेको र बाहिर जाने समयसम्म बिरामीको अवस्था जटिल भइ मृत्यु समेत हुन सक्ने सम्भावना लाइ कम गर्न वेदकोट नगरपालिकाले कोभिडको उपचार गराउने उद्देश्यले अस्पताल स्थापना गरेको नगर प्रमुख चन्दले बताउनु भयो ।

संचालनमा ल्याएको कोभिड अस्पतालमा एकजना एमबीबीएस डाक्टर र दुईजना नर्स तथा अन्य दुईजना कर्मचारी राखेर अस्पताल संचालनमा ल्याएको छ।

