कञ्चनपुर ,

क्ञ्चनपुरमा सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर सहयोग गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव स्थित डाक्टर नरिराम लुहारले ब्रह्मदेव क्षेत्रका सुरक्षाकर्मीलाई व्यक्तिगत खर्चमा १५ हजार मास्क तथा ५० लिटर सेनिटाइजर सहयोग गरेका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गरेर डाक्टर लुहारले सहयोग स्वरुप सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर सहयोग गरेको बताए ।
उनका अनुसार ब्रह्मदेव क्षेत्रको खल्ला मछेट्टीमा अवस्थित सशस्त्र प्रहरी वल खल्ला, शसस्त्र प्रहरी वल ब्रह्मदेव, ब्रह्मदेव सिमा प्रहरी चौकी ब्रह्मदेव, नगर स्वास्थ्य चौकी ब्रह्मदेव र वडा कार्यालय ब्रह्मदेव गरेर पाँच ठाउँमा मास्क र सेनिटाइजर सहयोग गरिएको हो । सहयोग कार्यक्रममा भीमदत्त नगरपालिका ९ ब्रह्मदेवका वडाअध्यक्ष राम नाथ समेतको सहभागिता रहेको थियो ।








