दोधारा : दोधारा चाँदनी नगरपालिकामा युवाहरुले थालेको ‘हाम्रो जिवन रक्षा’ अभियान अन्तर्गत कोभिड अस्पतालमा उपचारमा रहेकाहरुलाई दैनिक कुखुराको अण्डा र दुध दिईने छ् । कोरोना संक्रमणको दोस्रो लहरले बिश्वनै आक्रान्त भएको अवस्थामा दोधारा चाँदनी नगरपालिकामा समेत संक्रमणले क्षती गर्दै आएको अवस्थालाई ध्यानमा राख्दै दोधारा चाँदनी नगरपालिकामा रहेका युवाहरुले ‘हाम्रो जिवन रक्षा’ अभियान संचालन गरि देश तथा बिदेशमा रहेकाहरुलाई सहयोग माग्दै यो अभियान अघि बढाएका हुन् । ‘हाम्रो जिवन रक्षा’ अभियान अन्तर्गत दोधारा चाँदनीमा रहेको कोरोना अस्पतालमा अक्सिजनको अभावलाई मध्यनजर राख्दै एक थान ७ लिटरको अक्सिजन कन्सरटेटर मसिन खरिद कार्य पनि अघि बढाईएको ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले जानकारी दिएका छन् ।

सोही अभियान अन्तर्गत कोरोना अस्पताल दोधारा चाँदनीमा उपचारमा रहेका सबै बिरामीहरुलाई आजको दिन देखि नियमित उनिहरुलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार पोषिलो खानेकुराको अवस्थालाई हेरेर उनिहरुलाई नियमित दैनिक प्रति बिरामी एक पाँउ दुध तथा २ वटा कुखुराको अण्डा उपलब्ध गराउने ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् । कोभिड अस्पतालमा अहिले आएर ८ जना कोरोना संक्रमित बिरामीहरु रहेका छन् । ‘मानविय सहयोग संगै सरकारी संयन्त्रलाई महामारीमा सघाउनु सबैको कर्तव्य हो’ ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमाले भने– ‘हामीले समुदायको सहयोग समुदाय सम्म पु¥याउन साँघुको काम गरिरहेका छौं ।’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले दोधारा चाँदनी नगरपालिकाका युवाहरुले संचालन गरेको ‘हाम्रो जिवन रक्षा’ अभियानले कोरोना संक्रमणको बेला जनताको स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक कार्य गर्ने प्रयत्न गरेको बताएका छन् ।

‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक तथा सबै टिमलाई बिशेष धन्यबाद दिदै महामारीको बेला युवाहरु एक जुट भएर समाजको लागी केही गर्ने प्रयास गर्दै आएको दोधारा चाँदनीका नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताएका छन् । कोरोना संक्रमण भएर उपचारमा रहेका बिरामीहरुलाई अण्डा र दुध बितरणमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमाल, सदस्य लक्ष्मी चन्द लगाएत स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । ‘हाम्रो जिवन रक्षा’ अभियानका अभियन्ताहरुले बिरामीहरुलाई दैनिक दुध र कुखुराको अण्डा दिने भएपछि स्वास्थ्यकर्मी र स्थानियहरु खुशी प्रकट गरेका छन् ।







