विपन्न दलित परिवारलाई राहत वितरण


कञ्चनपुर : लामो समयदेखि लकडाउन भएका कारण खाद्यान्न भएका समस्या कञ्चनपुरको उत्तरी चुरे भेगका विपन्न दलित परिवारलाई राहत वितरण गरिएको छ । कोरोना रोकथामका लागि समाजिक भूमिका निर्वाह गर्दै आएका महेन्द्रनगरका युवाहरुको एक टिमले भीमदत्त नगरपालिका १ रौटेला र ३ नयाँ तिलकपुर क्षेत्रका दलित खाद्य सस्या भएका दलित परिवारलाई राहत वितरण गरेको हो ।

No description available.

महेन्द्रनगर गल्ली नं. ५ को टीम जस्मा समाजसेवि युवा खगेन्द्र जोशी नेतृत्वमा करन पाल, रमेश ठगुन्ना, करन बम, सुरेश बोहरा, बचन सिह, मनोज पाण्डे, मोहन खत्री, हेमन्त भट्ट,प्रमे खत्री, मिराज अन्सारीले सयुक्त मिलेर खाद्यान्न सहयोग गरेका हुन । उनीहरुले प्रति परिवार १बोरा चामल, २ किलो दाल, नुन र तेल दिएका छन । लकडाउनका कारण खाद्यान्न भएका भएका दलित समुदायले खाद्यान्न सहयोगीदाताप्रति अभाव प्रकट गरेका छन । राहत पाएका दलित समुदायका युवा महेश दमाईले दलितका नाममा राजनीति गर्ने दलितको नाम झजाएर कमाउधन्दा बनाउने र दलितको नामबाट ठूलाबडा भएका व्यक्तिहरुले यो संकटको घडीमा उपेक्षा गरेपनि समाजसेवि युवाहरुबाट गाँस सहयोग गरेको बताए ।

No description available.

अरु एनजिओकर्मी दुई किलो चामल दिएपनि पीडितको फोटो खिचाएर डलर पचाउँछन, ‘उनले भने, ‘तर यि समाजसेवी युवाहरुले हामीलाई राहत दिदा फोटो खिचाएनन ।’ कोरोना रोकथामका लागि अक्सिजनदेखि खाद्यान्न वितरण गर्दै आएका युवा खगेन्द्र जोशीले दलित समुदायका परिवारमा खाद्यान्न संकट भएको खबर पाएसंग साथीभाई मिलेर सक्दो सहयोग गरेको बताए ।


ताजा समाचार

spot_img