कञ्चनपुर: माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सत्तालिप्साको उपज प्रधानमन्त्री केपी शर्मा ओली र विद्यादेवि भण्डारीले संविधान कुल्चिएर संसद विघटन गरेको जनाएकोछ । अखिल क्रान्तिकारी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै सप्तालिप्साको उपज संसद विघटन भएको जनाएको हो ।

संविधान र मजाक नाटक मञ्चन गर्दै दोस्रो पटक संसद विघटन गरेर जनभावना कुल्चिएको ठहर गरेको छ । ‘देशले कोरोना बिरुद्ध भ्याक्सिन चाहेका बेला अक्सिजन अस्पतालको बेड मागेका बेला चुनाव थोपार्ने ओलीको सम्वेदनहिन गैर जिम्मेबार अराजनीतिक कार्यको दुखत परिमाण ढिलोचाँडो भोक्नुपर्छ, ‘विज्ञप्तीमा भनिएको छ ।

बषौँदेखि संसदमा विचाराधिन रहेको नागरिक विधेयक पनि ओलीले सत्ता टिकाउनका लागि अध्यायदेश मार्फत ल्याएको जनाएको छ । क्रान्तिकारी सचिव किशोर भट्ट र अध्यक्ष बिरेन्द्रराज विष्टद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा सबै राष्ट्रघाती कदम नसच्याए आन्दोलनको चेतावनी दिएको छ ।







