दोधारा चाँदनीमा कोरोना नियन्त्रणको ‘हिरो’


वर्षौं सम्म चिकित्सक नपाएका सुगमको दुर्गम ठाँउ दोधारा चाँदनीका जनताले करिब चार वर्ष अघि डा. चौधरीलाई आफ्नो स्वास्थ्य केन्द्रमा पाएका थिए । डा. चौधरीले पनि यहा बसेर सेवा दिन सुरु गर्दा दिन निकै दर्दनाक अवस्थामा रहेको स्वास्थ्य केन्द्र अहिले सुधारोन्मुख छ् । सामान्य उपचारका लागि पनि भारतीय मेडिकल जानु पर्ने दोधारा चाँदनी नगरपालिकाका जनताले अहिले डा. चौधरी जस्ता व्यक्तिका कारण आफ्नै ठाँउमा औषधि उपचार पाएका छन् । दोधारा चाँदनीबासीलाई राज्य भएको अनुभूति भएको छ् । चिकित्सक नहुदा १० बिरामी जना नआउने स्वास्थ्य केन्द्रमा डा. चौधरीले दैनिक १ सय ५० जना सम्म बिरामीको स्वास्थ्य परीक्षण गर्न थाले । त्यति बेला देखि नै डा. चौधरी सुगम जिल्लाको दुर्गम गाउँका जनताको नजरमा ‘हिरो’ बने । पहिलो चरणको कोरोनाको लडाईमा उनको खटाइको सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट उनलाई ‘कोभिड हिरो’ ले सम्मान पनि गरिएको निर्देशक अवस्थी बताउछन् ।

No description available.
दोधारा : डा. गगन चौधरी राम्ररी सुत्न नपाएको महिना दिन भन्दा बढी भईसक्यो । बिरामीहरुको उपचारमा तल्लीन भएका कारण उनलाई आज भोलि निन्द्रा पनि खासै लाग्दैन् । उनी सुत्नु परे पनि बिरामीको जाँच गर्दा गर्दै त्यही आफ्नो टेबलमा बस्दा बस्दै निदाए मात्रै हो, नत्र भने अवस्था छैन् । उनी कार्यरत प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी (हाल कोभिड अस्पताल) मा कोरोनाका बिरामीको चाँप बढे संगै उनको बिरामीको उपचार गर्नमा सामान्य अवस्थामा भन्दा धेरै भएको छ आजभोली । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर भन्ने बित्तिकै सुगम जिल्लाका रुपमा बुझ्ने गरिन्छ् तर यहि सुगम जिल्लाको पनि दुर्गम र पछाडि पारिएको ठाँउ हो दोधारा चाँदनी नगरपालिका ।

No description available.

महाकाली नदी नेपाल भारत संग जोडिएको नगरपालिका पनि हो । विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोनाले सुदूरपश्चिममा आक्रामकरुपमा संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्थामा दोधारा चाँदनी भारत संग जोडिएको ३५ किलोमिटर खुला सिमा क्षेत्रको कारण उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकामा दिनरात आफ्नो ज्यानको पर्वाह नगरि सेवा प्रदान गरिरहेका डा. चौधरी सो क्षेत्रमा ‘हिरो’ का रुपमा परिचित छन् । पहिलो चरणको कोरोना संक्रमणका बेला चौधरी कार्यरत दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य भन्दा सामान्य स्वास्थ्य सामग्रीको अभाव थियो । त्यस्तो बेला डा. चौधरीले प्लास्टिकको पिपिई बनाएर भए पनि संक्रमितको उपचार गरेको सम्झिन्छन् सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी । वर्षौं सम्म चिकित्सक नपाएका सुगमको दुर्गम ठाँउ दोधारा चाँदनीका जनताले करिब चार वर्ष अघि डा. चौधरीलाई आफ्नो स्वास्थ्य केन्द्रमा पाएका थिए । डा. चौधरीले पनि यहा बसेर सेवा दिन सुरु गर्दा दिन निकै दर्दनाक अवस्थामा रहेको स्वास्थ्य केन्द्र अहिले सुधारोन्मुख छ् । सामान्य उपचारका लागि पनि भारतीय मेडिकल जानु पर्ने दोधारा चाँदनी नगरपालिकाका जनताले अहिले डा. चौधरी जस्ता व्यक्तिका कारण आफ्नै ठाँउमा औषधि उपचार पाएका छन् ।

No description available.

दोधारा चा“दनीबासीलाई राज्य भएको अनुभूति भएको छ् । चिकित्सक नहुदा १० बिरामी जना नआउने स्वास्थ्य केन्द्रमा डा. चौधरीले दैनिक १ सय ५० जना सम्म बिरामीको स्वास्थ्य परीक्षण गर्न थाले । त्यति बेला देखि नै डा. चौधरी सुगम जिल्लाको दुर्गम गाउँका जनताको नजरमा ‘हिरो’ बने । पहिलो चरणको कोरोनाको लडाईमा उनको खटाइको सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट उनलाई ‘कोभिड हिरो’ ले सम्मान पनि गरिएको निर्देशक अवस्थी बताउछन् । सम्झौता अनुसार छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्नेले कम्तीमा दुई वर्ष सरकारले खटाएको ठाँउमै काम गर्नु पर्ने हुन्छ् । डा. चौधरीले भने, ‘मेरो पनि दोधारा चाँदनीमा दुई वर्ष मात्रै बस्ने योजना थियो तर यहा आईसकेपछि यस क्षेत्रका जनताले सामान्य भन्दा पनि सामान्य औषधि उपचार गर्न नपाएको पीडा देखेर यतै सेवामा लागिरहें, दोधारा चा“दनी छाडनै नसक्ने भए’ महाकालीपारी भन्ने बितिक्कै अन्य क्षेत्रका कर्मचारी पनि जान रुचाउदैनन् । चिकित्सकको प्रायः अभाव नै भईरहन्छ् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सककै दरबन्दी भए पनि प्राय ः खाली नै हुन्थ्यो तर पछिल्लो चार वर्ष देखि यस क्षेत्रमा बसेर सेवा दिइरहदा यो ठाँउ पनि आफुलाई आफ्नै लाग्न थालेको उनको भनाई छ् । खुला सीमाना भएका कारण अहिलेको परिस्थितिमा आफुहरुका लागि निकै चुनौती भए पनि आफ्नो कर्म धर्म सबै जनताको सेवा गर्नु नै ठानेर काम गरिरहेको उनको भनाई छ् । स्वास्थ्य केन्द्रमा पहिलो चरणको कोरोना फैलदा पिपिई, मास्क जस्ता सामान्य कुराहरुको अभाव भएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको तर अक्सिजन र औषधीहरुको अभाव भने कायमै रहेको उनले बताए ।

No description available.


ताजा समाचार

spot_img