कञ्चनपुर: कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका बेला खाद्यान्न समस्यामा रहेको महेनद्रनगरको बृद्धसेवा केन्द्रलाई कञ्चनपुरकी महिला अधिकारकर्मी निर्मला जोशी र युवा उद्यमी पुष्पराज जोशीले तरकारी दिएका छन । भीमदत्त नगरपालिका ५बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्रलाई कञ्चनपुरकी महिला अधिकारकर्मी निर्मला र युवा उद्यमी पुष्पराजले तरकारी दिएका हुन ।

अधिकारकर्मी निर्मला र युवा उद्यमी पुष्पले महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दलाई उक्त तरकारी हस्तान्तरण गरेका छन । अधिकारकर्मी समेत रहेकी बृद्ध सेवा केन्द्रकी अध्यक्ष चन्दले तरकारी दाताप्रति अभाव प्रकट गरेकी । युवा उद्यमी पुष्पराज जोशीको भीमदत्त नगरपालिका १०ैजिमुवामा रहेको आफ्नै तरकारीखेतीबाट विभिन्न प्रकृतिका ताजा तरकारी दिएका हुन ।







