दोधारा: कोरोना भाइरस कोभिड-१९ नियन्त्रण तथा न्युनिकरणका लागि दोधारा चाँदनी नगरपालिकाका अगुवा युवाहरुले संचालन गरेको ‘हाम्रो जिवन रक्षा’ अभियाने जारी छ् । अक्सिजन कमिका कारण देशभर ज्यान गुमाइ रहेको अवस्थालाई मध्यनजर गर्दै मेरो सानो सहयोगले कोरोना परास्त गर्न सहयोग पुगोस् भन्ने अभिप्रायले युवाहरुले यो अभियान थालनी गरेको सामाजिक अभियन्ता तथा ‘‘हाम्रो जिन रक्षा’ अभियानका संयोजक भिम कुमालले जानकारी दिएका छन् ।

साथीहरुबाट रकम संकलन गरि कोरोना अस्पताल दोधारा चा“दनीमा अक्सिजनको अभावलाई परिपुर्ती गर्न कन्सरटेरट खरिदको निम्ती ‘हाम्रो जिवन रक्षा’ अभियानको थालिनी गरिएको ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् । अझै सम्म रु. १ लाख २१ हजार १ सय १२ रुपिँया संकलन भईसकेको उनको भनाई रहेको छ् । ‘केही साथीहरुले रकम सहयोग गर्ने भन्नु भएको छ् चाडै कन्सरटेटर खरिद गरि कोरोना अस्पताल दोधारामा दिने तयारीमा छौं’ ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले भने । दोधारा चाँदनी नगरपालिकामा रहेको एक मात्रै स्वास्थ्य संस्था कोभिड अस्पतालमा अक्सिजनको अभाव श्रजना भएको कारण समस्या पर्दै आएका हुदा अभियानमा संकलन भएको रकमले केही कन्सरटेटर खरिद गरि कोभिड अस्पताल दोधारा चाँदनीलाई खरिद गर्ने कार्यक्रम अनुसार अभियानको सुरुवात गरिएको सामाजिक अभियन्ता तथा ‘हाम्रो जिन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् । ‘हाम्रो जिवन रक्षा’ अभियानलाई स्थानियहरुले मन पराएका छन् ।

मालिका आधाभुत बिद्यालयका प्रधानध्यापक पदम बहादुर सिंहले ‘हाम्रो जिवन रक्षा’ कोरोना संक्रमणको बेला ज्यान बचाउने अभियान भएको हुदा सबैले सहयोग गर्नु पर्ने बताएका छन् । सामाजसेवी भिम कुमालको संयोजकत्वमा संचालन भएको ‘हाम्रो जिवन रक्षा’ अभियानमा सबैले सहयोग गर्न समेत उनले आह्वान गरेका छन् । केही दिन अघि मात्रै संचालन गरेको ‘हाम्रो जिवन रक्षा’ मा अक्सिजन कन्सरटेटर खरिद गर्न अझै सम्म निम्न ब्यक्तीहरुले सहयोग गरेको ‘हाम्रो जिवन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् ।
भिम कुमाल/कल्लु कुमाल : रु. ५० हजार
रमेश चन्द (केजिएफ): रु. १५ हजार
भक्त बहादुर सुनार (दोधारा चाँदनी नगरपालिका वडा नं. ४ वडा अध्यक्ष) ः रु. ११ हजार
गणेश बोहरा:रु. ११ हजार १ सय ११
गोबिन्द सुनार: (बिमला सुन चा“दनी पसल) रु. ५ हजार
रबि गिरी:रु. १० हजार
रेनु बिष्ट यादव :रु . ५ हजार
गोबिन्द भट्ट: रु २५ सय
अनुप चन्द: रु. १५ सय १
उत्तम थापा: रु. १० हजार







