बेलौरी प्रहरीद्वारा मोटरसाइकल सहित मलखाद र अखाद्य पेयपदार्थ बरामद

पुनर्वास – कंचनपुरको बेलौरीबाट मलखाद र अखाद्य पेयपदार्थ सहित एक मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सोमबार दिउंसो बेलौरी नगरपालिका-४ बाट भारतबाट ल्याएको १२ कट्टा मलखाद्य र ७८ पिस अखाद्य पेय पदार्थ सहित बिना नम्बर प्लेटको एक मोटरसाइकल बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

No description available.

बरामद गरिएको मलखाद, पेयपदार्थ र मोटरसाइकलको १ लाख ६४ हजार चार सय असी रुपैयाँ पत्रमा समावेश गरि आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको प्रहरी निरीक्षक खड्काले बताए । यस प्रहरी कार्यालयले लकडाउन अवधीभर पलाखौको अबैध मालसामान ,ब्रोईलर कुखुरा र माछा समेत बरामद गरेको थियो ।

No description available.

ताजा समाचार