दोधारा चाँदनीमा युवा सन्दीप र बिरले दिए सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री


दोधारा
दोधारा चाँदनीमा दुई युवाले सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी संदिप कम्न्युनिकेसनका प्रोपराईटर सन्दीप उपाध्याय र दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी बिर सुनार (कालु) ले नेपाल प्रहरी, सशस्त्र प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोरोना संगको युद्धमा फ्रन्टलाईनमा कार्य गर्दै आएको भन्दै संदिप उपाध्याय र बिर सुनारले महाकाली झोलुङ्गे पुल वारी र पारी प्रहरी पोष्टमा १० थान सर्जिकल मास्क, ३२ पिस ग्लब्स, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा १० थान सर्जिकल मास्क र ५० पिस ग्लब्स, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी देबीस्थान र कुतियाकवरलाई १६ थान सर्जिकल मास्क र पत्रकार पप्पु गुरुङ्गलाई २ थान सर्जिकल मास्क गरि १५ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको संदिप कम्न्युनिकेसनका प्रोपराईटर सन्दीप उपाध्यायले जनाएका छन् ।


ताजा समाचार

spot_img