कोभिड १९ को महामारी लाई मध्यनजर गर्दै जनचेतनामुलक सरसफाई अभियान सञ्चालन


पवन थापा / कञ्चनपुर 

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं ०५ क्षेत्र भित्र पर्ने झिलमिला वस्तिमा भेरियन्ट सहितको कोभिड १९ को महामारी लाई मध्यनजर गर्दै जनचेतनामुलक सरसफाई अभियान सञ्चालन गरिएको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि झिलमिला युवा समाजको समन्वयकारी भुमिकमा रहेर यस क्षेत्रका प्रत्येक स्थानीय बासिन्दाहरूले आफ्नो घर वरिपरि रहेको फोहोर व्यवस्थापन गरेर अभियानको शुभारम्भ गरिएको स्थानीय समाजसेवी कमला देवी रोकायाको भनाइ रहेको छ ।

No description available.

उनका अनुसार भेरियन्ट सहितको कोभिड १९ ले त, नेपालमा महामारी को रुप लिदै छ तर अव यस गृष्मयाममा पुन अर्को प्रजातिको महामारी आउनु हुदैँन भनी यस क्षेत्रको वडा नं ५ कार्यलय देखि तल्लो झिलमिला कालिका मन्दिर सम्ममा अध्याधिक मात्रामा फोहोरमैला भएको, घर-सडक वरिपरि झारपात उम्रिएकोले र यसवाट गर्मीयाममा थप सरुवा रोग आउ,हैजा, रुघाखोकी, मलेरिया र सर्प डसाइ जस्ता प्राणघातक समस्यामा हाम्रो समाज आइ हामी पुनः सरुवा रोगको भुमरिको घेरो मा फस्न सक्ने सम्भावना उच्च देखिएकोले यस क्षेत्रमा जनचेतनामुलक सरसफाई अभियानले महत्वपूर्ण भुमिका खेल्ने छ ।

No description available.

यस अभियानमा संलग्न अभियानकर्ताहरुले कोभिड १९ बाट बाच्ने उपायहरु, आजको दिनमा सरसफाई को महत्व लगायत अशक्त, गरिव, दिन दुखी घरपरिवारका लागि मास्क ,स्यानिटाइजरको वितरण गरी सरसफाईमा संगै हातेमालाे गर्ने र पसलहरु भएको ठाउँमा फोहोर-मलाइ राख्न सम्वन्धित व्यक्तिलाई नै दवाव दिने गरि आफ्नो गाउँ, आफै बनाऔँ भन्ने भावना समस्त गाउँबासीहरु मा जगाउने जस्ता क्रियाकलापहरु भइरहेको र यस अभियानको मुल उद्देश्य पनि यहि नै रहेको बताए।


ताजा समाचार

spot_img