जुम्लाका मनकारी ‘अमर’ को सहयोगमा बिगस युथ द्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बाँड्दै


किशोर तमाङ्ग /कञ्चनपुर

कोरोना भाइरस कोभिड १९ को संक्रमण ह्ववत बढेपछि यसको नियन्त्रण र रोकथामका लागि यतिखेर बिश्व जगत लागि परेका छन्। विपतका बेला मानवीय सेवामा अग्रसर रहँदै आएका जुम्ला पाताराशीका युवा ‘अमर’ बिष्टले महामारीका समयमा अग्र मोर्चामा जोखिम मोलेर अहोरात्र खटिरहेका सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउने अभियान कञ्चनपुरमा सुरु गरेका छन् । उनले कञ्चनपुरको पुनर्वास स्थित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, सशस्त्र प्रहरी बिओपी आउट पोष्ट पुनर्वास, इलाका प्रहरी कार्यालय बेलौरी, र इलाका प्रहरी कार्यालय बेल्डाँडीलाई पल्स अक्सीमिटर, सर्किजल ग्लोभ्स, सर्किजल मास्क, डिजिटल थर्मामिटर, के ९५ मास्क, पि पि सेट, सेनिटाईजर, भिटामिन सी, सिटामोल एन्टीकोल्ड ट्याब्लेट साहायता स्वरूप उपलब्ध गराएका हुन ।

No description available.

जुम्ला घर भएका बिष्ट काठमाडौँमा रहन्दै आएपनि हाल अमेरिका हुनुहुन्छ।आफु बिदेशमा रहे पनि आफ्नो घरपरिवार देखि टाढा बसी आफ्नो ज्यानको प्रवाह नगरी अग्रपङ्क्तिमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामाग्री सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आफुले गौरम्वित महसुस गरेको बिष्टले बताए। गत वर्षको लकडाउनका बेला नेपालका विपन्न समुदायलाई खाद्यान्न साहायताको अभियान थालेका ‘अमर’ ले कञ्चनपुरको दक्षिणी क्षेत्रका ४ वटा स्थानीय तहलाई समेत स्वास्थ्य सामाग्री वितरण गरेका थिए । यस वर्ष पुनर्वास स्थित विजय गालिल एजि मण्डलीका युवा हरुको समन्वय र नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका जिल्ला सदस्य किशोर कुमार तामाङको सक्रियतामा अमरले उक्त साहायता सामाग्री उपलब्ध गराएका हुन । बिजय गालिल युवा समुहका सयोजक सुष्मा तामाङ भन्नुहुन्छ अहिले हामीले अम्मर बिष्टसग समन्वय गरी सुरक्षाकर्मी र कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना कहरका बेला क्रियाशील सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छौ।

No description available.

यसरीनै स्वास्थ्यकर्मी हरुका निम्ति चाढै उपलब्ध गराउने र यो अभियान आगामी दिनहरूमा पनि निरन्तर रुपमा चलिरहने जिकिर गर्नुभयो। मानव सेवा नै ठूलो धर्म हो भन्ने भावनाका साथ आपत् र बिपतमा पर्दै आएका अशायहरुको उद्धार र साहायता गर्दै आएका जुम्ली ठिटो अमर आफू विशेष कामवश अमेरिका रहे पनि नेपाल र जन्म भूमिमै आफ्नो मन रहिरहेको बताउँछन् ।बिपतका बेला जोखिममा परेका समुदाय वा व्यक्तिलाई साहायता गर्न पाउनु नै मानवीय सेवा भएकाले आफू जहाँ सुकै भए पनि सक्दो साहायता गर्न पछि नहट्ने मनकारी जुम्ली ठिटो प्रतीक ‘अमर’ ले बताए । कोरोना भाइरस कोभिड १९ को बिपतका बेला सामान्य साहायता समेत नपाइ आफू असुरक्षित रहेर पनि कोभिड १९ को कहरसँग लड्न बाध्य रहँदै आएका दक्षिणी क्षेत्रका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीहरूका निम्ति प्रतीक विष्ट ‘अमर’ द्वारा सामान्य स्वास्थ्य सामाग्रीको अभावमा कोहि पनि कोरोना भाइरस कोभिड १९ को शिकार नबनोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य सामाग्री वितरणको अभियान सुरु गरिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका सदस्य किशोरकुमार तामाङले बताए।


ताजा समाचार

spot_img