दोधारा

कोभिड अस्पताल दोधारा चाँदनीमा थप ४ थान अक्सिजन कन्सरटेटर मसिन खरिद गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाले कोभिड अस्पतालको अवस्थालाई ध्यानमा राख्दै ४ थान अक्सिजन कन्सरटेटर मसिन खरिद गरि कोभिड अस्पताल दोधारालाई प्रदान गरेको छ् । दोधारा चाँदनी नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले कोभिड अस्पतालमा ११ वटा अक्सिजन कन्सरटेटर मसिन रहेको र थप ४ वटा अक्सिजन कन्सरटेटर मसिन खरिद गरिएको बताएका छन् । यस्तै अस्पतालमा साना ठुला गरि २५ वटा अक्सिजन सिलिण्डर समेत रहेको छ् ।


दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले आज कोभिड अस्पतालमा पुगेर अवस्थाको जानकारी लिएका छन् । कोभिड अस्पतालमा चाहिने आवश्यक उपकरण तथा औषधीको बारेमा नगर प्रमुख बिर बहादुर सुनारले जानकारी लिएका छन् । कोरोना संक्रमणको बेला स्वास्थ्यकर्मीहरुले गर्दै आएको कार्य निकै उल्लेखनिय भएको स्वास्थ्यकर्मीहरु संगको भेटमा नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । कोभिड अस्पताललाई थप सुबिद्या सम्पन्न बनाउन पहल भईरको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको यती बेला संक्रमित तथा कोभिड अस्पतालमै ध्यान केन्द्रित रहेको बताउदै कोरोना संगको युद्धमा सबैले आ–आफ्नो तह तथा ताप्काबाट सहयोग गर्न समेत नगर प्रमुखले आग्रह गरेको छन् । संक्रमणको दोस्रो लहरले दोधारा चाँदनी नगरपालिकामा त्रास मच्चाएको बिषयलाई सबैले गम्भिरका सााथ लिए सामाजिक दुरी बनाएर घरमै बस्न समेत उनले बताएका छन् ।


अरु स्थानमा जस्तै कोभिड अस्पताल दोधारा चाँदनीमा अक्सिजनको समस्या आईरहेको हुदा थप ठुलो १० अक्सिजन सिलिण्डर काठमाण्डौंबाट ल्याउन लागीएको नगर प्रमुखले बताएका छन् । ‘संक्रमितको उपचार र संक्रमण सर्न नदिने कार्यमा दोधारा चाँदनी हामी लागी परेको छौं’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने । दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, नगर प्रबक्ता दिल बहादुर सिजाली तथा स्वास्थ्यकर्मीले कोभिड अस्पतालको अवस्था र आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीको बारेमा कोभिड अस्पतालको डाक्टर तथा स्वास्थ्यकर्मी संग जानकारी लिएका थिए ।






