कञ्चनपुर,
कोरोना महामारी संक्रमण संगै नागरिकले उपचार अकालमै धमाधम ज्यान गुमाईरहेका छन । यही मौका छोपी संसदमा विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेर संविधान धरापमा पारेर संसद भङ गरेको चौतर्फि बिरोध भईरहेको छ ।

यसैविच नेकपा माओवादी केन्द्र निकट वाईसियल कञ्चनपुरले समेत कृष्णपुर नगरपालिका क्षेत्रमा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन । वाईसियल कञ्चनपुरका अध्यक्ष शुचित्र शाहले दोस्रो पटक पनि गैर सम्वैधानिक ढङगबाट सत्ताका लागि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान संरक्षणको साटो संविधान कुल्चिने र नेपाली जनताको मर्म भावना बिरुद्धका साथै कोरोनाले दिन दुईगुना चार चौगुना नागरिकले औषधी नपाएर मृत्युबरण गर्नुपर्ने बाध्यता भईरहेका बेला संसद भङ गरेर सत्ता लेखमा मोजमस्ती गरिरहेको बिरोधमा पुत्ला दहनका साथै बिरोध वगरेको बताए ।

महामारीले जनता हाताहाती भईरहेका बेला चुनाव भन्दै संसद भङ कार्य गैर सम्वैधानिक चरम सत्ता लिप्सा र हास्याँस्पद भएको वाईसियल कञ्चनपुरको ठहर छ । संसद पूर्नस्थापना गर्दै कोरोना महामारी रोकथामका लागि वैकल्पिक सरकार आवश्यक रहेको वाईसियको भनाई छ । ओली सरकारबाट कोरोना रोकथाम नहुने किनकी हरेक समान खरिदमा कमिसनदेखि जनताप्रति चिन्ता चासो नभएकाले गत बर्ष ओम्नी यस बर्ष हुकुमसंग कमिसन नमिल्दा नागरिकको स्वास्थ्यमा खेलवाड भईरहेको जनाएको छ ।







