कञ्चनपुर ,
कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला कञ्चनपुरमा औषधी अभाव भईरहेको छ । औषधी आपूर्ति कम्पनीबाट अति आवश्यकीय औषधी माग गर्दा समेत नदिएपछि औषधी अभाव भईरहेको हो । माग अनुरुप औषधी बिक्रेता कम्पनीले कञ्चनपुरका औषधी व्यवसायीलाई औषधी दिन लागेका छैनन ।

नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले अति आवश्यकीय औषधीको अभाव भईरहेको बताए । ‘हामीले माग गरे अनुरुप उताबाट औषधी दिन लागेका छैनन, ‘उनले भने, ‘अग्रिम पैशा जम्मा गर्दा समेत औषधी माग अनुरुप पाईन लागेको छैन । अध्यक्ष बुडाका अनुसार २०÷२२प्रकारका अति आवश्यकीय औषधीमा सिटामोल जस्ता औषधी अभाव भईरहेका छन । औषधी आपूर्तिका लागि उनले कम्पनीसग आग्रह गरेका छन । ‘हेर्नुहोस अहिले कोरोना महामारी चलेकोछ , ‘उनले भने, ‘ज्वँरो कोरोनाको लक्ष्मण हो, ज्वरो निको बनाउने औषधी सिटामोल समेत अभाव भईरहेको छ ।’ अध्यक्ष बुडाले कोरोना महामारीका बेलामा पनि नागरिकलाई औषधी पु¥याउने कार्य भईरहेको बताए । तराईदेखि पहाडी दार्चुलाको उच्च हिमाली भाग मार्मासम्म औषधी आपूर्ति गरिरहेको उनले बताए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा पालना गरेर औषधी बिक्रि वितरण एव बिरामीको उपचार भईरहेको बताउदै उनले औषधी व्यवसायीमाथि गतल नगरले नहेर्न समेत आग्रह गरेका छन । महामारीका बेला सबै औषधी व्यवसायीले इमान्दारितापुर्वक काम गर्न समेत उनले आग्रह गरेका छन । ‘हामीले इमान्दारितापुर्वक काम गर्ने हो, ‘उनले भने, ‘यो महामारीका बेला हामीहरुको महत्वपूर्ण भूमिका हुन्छ ।’







