पुनर्वास- विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस दोस्रो लहरले सबैलाई आजित बनाएको छ । देशभरकै अस्पतालमा अक्सिजनको अभावका कारण कयौं व्यक्तिहरुले उपचार नपाई अकालमै ज्यान गुमाई रहेका छन् । यस्तै विडम्बना कंचनपुरको पुनर्वास नगरपालिकामा पनि छ ।

मान्छेहरु अक्सिजन अभावले ज्यान गुमाईरहेको सुनिन्छ तर अक्सिजन जोहो गर्न तत्पर हुनुपर्ने जनप्रतिनिधिहरु भने गुपचुप देखिन्छन् । बरु यतिबेला जनप्रतिनिधिहरुलाई सुम्पिएको सरकारी बजेट भन्दा सामाजिक अभियान्ताहरुको आर्थिक संकलन रकम नै प्राण दायक बनेको छ । अब अभियान्ताको यहि संकलन रकमले बाँचे के भन्लान् जीवन-मृत्युको दोसाँधका जनताले !

यस्तो विषम परिस्थितिमा जनता जोगाउन फ्रण्ट लाईनका सिपाहीको भुमिका रहनुपर्ने जनप्रतिनिधिहरुको सक्रियतामा सुनसान देखिएपछी अहिले विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालका भित्ता चर्को आलोचनाले रंगाएको देख्न पाईन्छ । सरकार ! विकास भन्दा ठूलो जनता हो, त्यसैले जनता जोगिए देश विकास अवश्य होला नत्र भन्न सकिन्न ?

