साईन नेपालद्वारा अमरगढी नगरपालिकालाई स्वास्थ्य सामाग्रीसंगै एन्टिजेन्ट कीट सहयोग

धनगढी 

मानवीय सेवामा अनेकौँ प्रयास धनगढीले अमरगढी नगरपालिकालाई शनिबार स्वास्थ्य सामाग्रीसंगै १०० वटा एन्टिजेन कीट हस्तान्तरण गरेको छ । डडेल्धुरामा नयाँ भेरियन्टको कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाउनका लागि एन्टिजेन कीट सहयोग गरिएको हो ।

नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र एन्टिजेन कीट अभाव भए पनि समन्वय गरेर उक्त संस्थाले १०० वटा एन्टिजेन कीट सहयोग गरेको नगरप्रमुख बिश्वेश्वर प्रशाद ओझाले बताए । संस्थाका अध्यक्ष भक्तराज जोशीले नगरप्रमुख ओझालाई १०० एन्टिजेन कीटसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए। बढ्दो कोरोना कहरसंगै संस्थाले अन्य पहाडी स्थानीय तहहरुमा पनि स्वास्थ्य सामाग्री र एन्टिजेन्ट कीट सहयोग गरिसकेको छ ।

ताजा समाचार