जुम्लाका अमर बिष्टले गरे पुनर्वासका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

पुनर्वास 

कोरोना कहर बढ्दै गइरहदा जुम्लाका एक मनकारी युवाले पुनर्वासका सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । शनिबार जुम्लाका मनकारी युवा अमर बिष्ट (प्रतीक) ले जनताको सेवामा अहोरात्र खटिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र बिओपी पुनर्वासका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । केही महिना अघि संयुक्त राज्य अमेरिकाकी एक युवतीसंग वैवाहिक बन्धनमा बाधिएका मनकारी युवक विष्टले अघिल्लो वर्ष पनि कंचनपुरको दक्षिणी क्षेत्रका सुरक्षा निकाय र स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

No description available.

त्यस्तै उनले मास्क,सेनिटाईजर, पिपिई सेट, डिजिटल थर्मोमिटर, अक्सिजन मिटर, ग्लोब्स आदि सहयोग गरेका छन ।स्वास्थ्य सामाग्री प्राप्त गर्दै प्रहरी निरीक्षक कैलास सिंह बिष्टले यस्तो महामारीको विषम परिस्थितिमा पनि अमेरिकाबाट सहयोग गर्नु भएकोमा मनकारी युवक र समन्वयकारी भुमिका निर्वाह गरि सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद समेत व्यक्त गरे । उनले यस वर्ष पनि पुनर्वास ,बेलौरी र बेलडाँडीका दुईवटै सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण थालेका हुन् ।

ताजा समाचार